spot_img

‘पर्यटक नेपालमा खर्च गर्न चाहन्छन् तर, सीमा तोकेर बन्देज लगाइएको छ’

spot_img

होटल व्यवसायीहरुले नेपालमा आउने पर्यटकहरुबाट अधिकतम् खर्च गराउन हाम्रो आफ्नै नीतिहरु बाधक भएको बताएका छन् । पाँचतारे होटल सञ्चालकहरूले नेपालमा खर्चालु पर्यटक भित्र्याउन सकिने र भित्रिरहेको भएपनि उनीहरुलाई खर्च गराउन हाम्रो नीति खर्चमैत्री हुन आवश्यक रहेको बताएका छन् ।

होटल एसोसिएसन नेपाल (हान) अन्तर्गतको पाँचतारे होटल समितिले आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमा सुझाव दिँदै नेपालमा खर्चालु पर्यटक भित्र्याउन उनीहरुले खर्च गर्न पाउने सीमामा अघोषित रुपमा लगाइएको बन्देज बाधक रहेको बताएका हुन् ।

होटल सांग्रिलाका प्रबन्ध निर्देशक प्रविणबहादुर पाण्डेले हाल मुद्रा सटहीमा रहेको प्रतिदिन ३ सय अमेरिकी डलरको सीमा बढाउनुपर्ने बताएका छन् । होटललाई डलर सटही सुविधा दिएसँगै हरेक दिन ३ सय डलरको सीमा राखिएको भन्दै उनले यसबाट क्यासिनोको व्यवसायमा समेत असर पुगिरहेको बताए । उनले यहीँ सीमाका कारण पर्यटकले गर्ने खर्चमा समेत सिमित हुन गइ आफ्नै देशको आर्जन घटिरहेको भन्दै यो सीमा हटाउनुपर्ने बताएका छन् ।

उनका अनुसार सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गरेका बेला होटलमा धेरै लगानी भएको छ । तर, कोभिडका कारणले भ्रमण वर्ष अभियान रोकिएको र कोभिड महामारीले होटल तथा पर्यटन क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको भन्दै पाण्डेले मौद्रिक नीतिले यतातर्फ ध्यान दिनुपर्ने बताएका छन् ।

सन् २०२३ पछि पर्यटक आगमनका केही सुधार आएको तर, पूर्ववत् अवस्थामा फर्किन अझै केही समय लाग्ने देखिएको उनको भनाइ छ । पछिल्लो समय बंगलादेशबाट आउने पर्यटकको संख्या बढ्ने क्रममा रहेको भन्दै पाण्डेले नेपालमा बंगालादेशी मुद्रा टाकामा कारोबार गर्न सक्ने प्रावधान ल्याउन पनि सुझाव दिएका छन् ।

होटल मेरियटका सञ्चालक शशिकान्त अग्रवालले भारतीय पर्यटकले नेपालमा आउँदा भारु २५ हजार मात्र बोकेर आउन सक्ने प्राधावनलाई पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक रहेपनि उनीहरुबाट हुने खर्च सिमित रहेकाले भारतीय पर्यटकले बोक्न पाउने नगदको सीमालाई २ लाखसम्म पुर्‍याउनुपर्ने अग्रवालको माग छ ।

उनले भारतका ठूला दरका नोट नेपालमा नचल्दा पनि समस्या भइरहेको बताउँदै उनीहरुले ठूला दरका नोट पनि साथमा बोकेर आउन पाउने र ति दरका नोटहरु चल्ने व्यवस्था गर्न माग गरेका छन् । ‘ठूला नोट चल्ने अवस्था हुने हो भने भारतीय पयटकले नेपालमा गर्ने खर्च बढ्ने देखिन्छ’ उनले भने ।

होटल हिमालयका प्रबन्ध निर्देशक दिनेश तुलाधरले कोभिडको प्रभाव होटल क्षेत्रमा अझै कायम रहेको र केही समय अझै कायम रहने देखिएको बताउँदै होटलका लगानीकर्ताले बैङ्कबाट लिएको ऋण पुनर्तालिकीकरण गर्न माग गरेका छन् ।

होटल मेची क्राउनका सञ्चालक बलराम सापकोटाले भारतीय पर्यटकलाई खर्चमा सीमा तोकिँदा नेपालका होटलहरु समस्यामा परेको बताएका छन् । होटललाई करोडौँ रोयल्टी तोक्ने तर, खर्चमा सीमा लगाउने काम व्यावहारिक नभएको सापकोटाको भनाइ छ ।

यस्तै, होटल व्यवसायीहरुले विमानस्थलमा ‘ड्युटी फ्री’ पसल राख्न पनि सुझाएका छन् । काठमाडौँसहित देशका ३ वटै अन्तराष्ट्रिय विमानस्थलमा ‘ड्युटी फ्री’ पसल राख्नुपर्ने उनीहरुको सुझाव छ ।

साथै, एयरलाइन्स कम्पनीहरुलाई केही सहुलियत र छुट दिएर भएपनि नयाँ बनेका पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्ने बताउँदै व्यवसायीहरुले ति क्षेत्रमा पर्यटक आकर्षित गर्नुपर्ने बताएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र...

महँगी बढेको हो ? ४९ वस्तुमा गरिएको अध्ययनले यसो भन्छ

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको उपभोक्ताको गुनासो छ...

लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

 सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७,...

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण भएको छ ।...

सहकारीका संचालक र सीइओको योग्यता तोकियो, कम्तिमा १० कक्षा पास गरेकै हुनुपर्ने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार...

बाढी प्रभावितका लागि राष्ट्रिय बहाई समुदायद्वारा ३० लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपालको...