Wednesday, July 8, 2026
spot_img

पहिलो पटक अपी हिमाल आरोहण हुँदै, पर्यटनमन्त्रीद्वारा १५ जना आरोही टोलीलाई बिदाई

spot_img

सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा अवस्थित अपी हिमालको पहिलो पटक आरोहण गर्न १५ सदस्यीय टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल पर्वतारोहण संघ (एनएमए)द्वारा आयाेजित विदाई कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आराेहीकाे टोलीलाई बिदाई गरेका हुन्।

उनले पहिलो आरोहण सुदूरपश्चिम प्रदेशका लागि ऐतिहासिक र सुखद क्षण भएको उल्लेख गरे। नेपाल सरकारले हालै मात्र राजपत्रमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका ९७ वटा हिमालको दुई वर्षका लागि आरोहण शुल्क छुट दिने निर्णय गरेसँगै अपी हिमालको आरोहण प्रारम्भ भएको हो। बिदाई कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहण क्षेत्र नेपाललाई चिनाउने महत्त्वपूर्ण साधना रहेको बताउँदै शेर्पा तथा गैर-शेर्पा आरोहीहरूको संयुक्त प्रयासले हिमालारोहणको क्षेत्रमा नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे।

“यो अभियानले स्थानीयस्तरमा समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशको पर्यटन विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,” मन्त्री पाण्डेले भने।

अपी गाउँपालिकाबाट समेत संलग्न टोलीमा १५ जना आरोही सहभागी छन्। आरोहण अभियानमा जोखिम रहे पनि स्थानीयलाई समेत समेट्दै अघि बढाइएको यो पहल सुदूरपश्चिम पर्यटन र पर्वतारोहणको क्षेत्रमा नयाँ अवसरका रूपमा हेरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img