Friday, May 8, 2026
spot_img
spot_img

बक्यौता तिरेपछि वल्डलिंकले पायो नयाँ लाईसेन्स, विदेशी लगानी भित्र्यायो

spot_img
spot_img

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले नयाँ लाईसेन्स पाएको छ । कम्पनीले सरकारलाई बुझाउनु पर्ने २ अर्ब बढी बक्यौता रकम बुझाएपछि नेपाल दूरसंचार प्राधिकरणले कम्पनीलाई इन्टरनेट सेवा प्रदायकको नयाँ लाईसेन्स दिएको हो ।

नेपाल दूरसंचार प्राधिकरणको संचालक समितिले कम्पनीलाई १० वर्षको लागि नयाँ लाईसेन्स दिने निर्णय गरेको हो । यस संगै ७ महिना लाईसेन्स बिहिन भएको नयाँ लाइसेन्स पाएको हो ।

कम्पनीले २०५५ साल चैतमा इमेल र इन्टरनेट सेवाको लाईसेन्स लिएको थियो ।  सो लाईसेन्सको अवधि २५ वर्षको थियो । २५ वर्षे लाईसेन्सको अवधि २०८० चैत मै सकिएपनि बक्यौता विवादका कारण सरकारले कम्पनीलाई लाईसेन्स दिएको थिएँन, र कम्पनी बिना लाईसेन्स चलिरहेको थियो ।

तर कम्पनीले केहि साता अघि सरकारलाई २ अर्ब १५ करोड रुपैयाँ बक्यौता राजस्व बुझायो। इन्टरनेटको मर्मतसम्भार र मेन्टेनेन्स चार्जमा लाग्ने रोयल्टी र आरटीडीएफ शुल्क तिर्न नपर्ने दाबी गर्दै आएको कम्पनीले सर्वोच्च अदालतले उक्त चार्जमा पनि रोयल्टी र आरटीडीएफ शुल्क लाग्ने भनिदिएपछि एकैपटक नेपाल दूरसंचार प्राधिकरणलाई बक्यौता तिरेको हो ।

कम्पनीले प्राधिकरणको खातामा २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ जम्मा गरिदिएको थियो। कम्पनीले बुझाएको रकममध्ये दूरसंचार विकास कोष (आरटीडीएफ) वापतको ७६ करोड २३ लाख ९५ हजार ३२७ रुपैयाँ र रोयल्टी वापतको १ अर्ब ३८ करोड ९० लाख १२ हजार २२५ रुपैयाँ थियो। कम्पनीले एकैपटक बक्यौता बुझाएसँगै प्राधिकरणले विदेशी मुद्रा सटहीको सुविधा दिनुको साथै नयाँ लाईसेन्स पनि दिएको हो ।

नयाँ लाईसेन्स पाएसंगै कम्पनीले विदेशी साझेदार भित्र्याएको छ। वर्ल्डलिंकले आज फिनल्याण्ड सरकारको स्वामित्वमा रहेको फिनिस फण्ड फर इन्डिष्ट्रियल कोअपर्सेन लिमिटेडसँग लगानी साझेदारी सम्झौता गर्दै छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img