Friday, May 8, 2026
spot_img
spot_img

लगानी ‘विविधिकरण’ गर्दै बीमा कम्पनी, हाइड्रोपावर र गाडी बिक्रेताहरु

spot_img
spot_img

एउटा क्षेत्रमा मनग्य सफलता हासिल गरेका कम्पनीहरु पछिल्लो समय लगानी विविधिकरण गर्न थालेका छन् । बीमा कम्पनी, जलविद्युत उत्पादक र गाडी बिक्रेताहरु लगानी विविधिकरण गर्न थालेका हुन् ।

पब्लिक लिमिटेड कम्पनीहरुले समेत लगानी विविधिकरण गर्न सुरु गरेका छन् । थप रोजगारी सिर्जना गर्न र लगानीकर्तालाई थप मुनाफा बाँड्न कम्पनीहरुले लगानी विविधिकरण गर्ने गरेको जानकारहरु बताउँछन् ।

जग्गा, जलविद्युत र शिक्षामा लगानी फैलाउँदै नेपाल लाइफ

बीमा क्षेत्रकै सर्वाधिक सफल मानिने नेपाल लाइफ इन्स्योरेन्सले अहिले धमाधम जग्गामा लगानी गरिरहेको छ । कम्पनीले इटहरीमा १७ करोड बराबरको ९१ धुर जग्गा खरिद गरेको छ । कम्पनीले इटहरी उपमहानगरपालिका–६ मा रहेको ९१.५० धुर जग्गा खरिद गरेको हो ।

यस्तै, हेडौँडामा पनि कम्पनीले ६० धुर जग्गा खरिद गरेको छ । केही समय अघि मात्रै कम्पनीले हेटौँमा १७ करोड ८९ लाख मूल्यको ६० धुर जग्गा किनेको हो ।

नेपाल लाइफले प्राइभेट इक्वीटी फण्डमा ३८.५ करोड र मेवा डेभलपर्स लिमिटेड (हाइड्रोपावर)मा ५० करोड लगानी गरेको छ । यस्तै, शिक्षा क्षेत्रतर्फ प्रोफेशनल एजुकेशनमा १३३ करोड लगानी गरेको छ ।

अपार्टमेन्ट उभ्याउँदै अपी पावर 

अपि पावर कम्पनीको शतप्रतिशत लगानी गरेको अपि इन्फ्रा लिमिटेडले झम्सिखेलमा अपार्टमेन्ट बनाउन लागेको छ । १२० करोड लगानीमा निर्माण हुने सो अपार्टमेन्टको शिलान्यास भइसकेको छ ।

कम्पनीले अपार्टमेन्ट निर्माणका लागि ३ रोपनी जग्गा खरिद गरेको थियो । अपार्टमेन्ट १० तले हुने बताइएको छ भने त्यसमा ४५ वटा सुविधासम्पन्न युनिट रहनेछन् । २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अपार्टमेन्टको बुकिङ पनि खुलाइसकिएको छ ।

अपार्टमेन्टको मूल्य २ करोड ९५ लाखदेखि ५ करोड ४ लाखसम्म रहेको छ । कम्पनीकी अध्यक्ष सिर्जना खड्का अनुसार अहिले बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्नेछन् ।

यमुना श्रेष्ठको समूहद्वारा रिसोर्ट खरिद

नेपालमा विद्युतीय बीवाईडी गाडी बिक्री गर्दै आएको साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठको समूहले रिसोर्ट खरिद गरेको छ । श्रेष्ठसहितको समूहले करिब ७० करोड रुपैयाँमा काभ्रेको पाँचखालस्थित धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर) खरिद गरेको हो ।

गत वर्ष नै श्रेष्ठको टिमले गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्वअध्यक्ष भवन भट्टबाट सो रिसोर्ट किनेको हो । सन् १९८१ बाट सञ्चालनमा आएको उक्त रिसोर्ट भट्टको बीबी होल्डिङसले सन् २०१३ मा किनेको थियो । अहिले ४२ वटा भिल्ला रहेको २२० रोपनी जमिनमा फैलिएको रिसोर्टमा यमुन श्रेष्ठ सहितको समूह प्रवेश गरेको हो ।

यस्तै, साइमेक्सले नै हालैमात्र नक्सालको नारायणचौरस्थित जग्गासहित भवन पनि किनेको छ । २४ आना जग्गासहितको ५ तले भवन साइमेक्स इंकले लिलामीमार्फत ४४ करोड रुपैयाँमा खदिर गरेको हो । हाल उक्त भवनमा आईएमई जनरल इस्योरेन्सको केन्द्रीय कार्यालयसहित केही उत्पादनका बिक्रेता रहेका छन् । साइमेक्सले त्यहाँ आफ्नो कर्पोरेट कार्यालय राख्ने जनाएको छ ।

किन फरक क्षेत्रमा लगानी गर्दैछन् कम्पनीहरु ?

एउटा व्यवसायको क्षेत्रमा अब्बल र सफल भइसकेपछि त्यही क्षेत्रमा मात्रै सिमित नभई अन्य क्षेत्रमा समेत विस्तार हुनका लागि कम्पनीहरुले लगानी फैलाउने गरेको जानकारहरु बताउँछन् । उद्यमी व्यवसायसहित कम्पनीहरुले एक क्षेत्रबाट आर्जन गरेको सम्पत्ति र ख्याती अर्को क्षेत्रमा समेत लगानी गर्नु सकारात्मक भएको एक जना उद्योगी बताउँछन् ।

‘लगानीकर्ता व्यक्ति भएपनि कम्पनी भएपनि उ एकै ठाउँमा मात्रै रहनुपर्छ वा एउटै क्षेत्रमा मात्रै सिमित रहनुपर्छ भन्ने हुँदैन, लगानीकर्ताको चरित्र भनेकै फरक फरक क्षेत्रमा लगानी गरेर थप आर्जन गर्ने, थप मुनाफा बाँड्ने, थप रोजगारी सिर्जना गर्ने र थप कर तिर्ने हो’ ति उद्योगी भन्छन्, ‘यसकारण कुनै उद्योगी व्यवसायी वा कम्पनीले फरक फरक क्षेत्रमा लगानी गर्नु भनेको सकारात्मक कुरा हो ।’

लगानी विविधिकरणलाई उद्योगी, व्यवसायी वा कम्पनीहरु आफ्नो सुरुवाती व्यवसायको क्षेत्रबाट आम्दानी खुम्चिन थालेपछि बाहिरिन थालेको अर्थमा बुझ्न नहुने ति उद्योगी बताउँछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको...

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...
spot_img