Friday, May 8, 2026
spot_img
spot_img

‘फीन इलेक्ट्रो टेक–२०२४’ को तेस्रो दिनसम्म १७ हजारले गरे अवलोकन

spot_img
spot_img

भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘फीन इलेक्ट्रो टेक–२०२४’ को तेस्रो दिन शनिबार साँझसम्म १७ हजार बढीले अवलोकन गरेका छन् । ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित ११ औं संस्करणको फीन इलेक्ट्रो टेकमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्री बुझ्न र हेर्न चाहनेहरूको संख्या बढेको हो ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव, सहसचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले पनि शनिबार अवलोकन गरेका थिए ।

साथै नेपाली क्रिकेट टोलिका पूर्व कप्तान तथा क्रिकेट एसोसिएशन अफ नेपालकाका सचिव पारस खड्का र नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेले पनि मेलाको अवलोकन गरेका छन् ।

उद्योग कलकारखानामा चाहिने विद्युतीय सामग्रीदेखि घरमा आवश्यक विभिन्न ब्रान्डका विद्युतीय सामग्री उपलब्ध रहेको यस मेला धेरैको आकर्षणमा परेको देखिन्छ ।

महासंघले मेलाको तेस्रो दिनको अवसर पारेर नवीनतम प्रविधि विद्युतीय सुरक्षा र गुणस्तर विषयमा प्यानल छलफल पनि गरेको छ । उक्त छलफलमा गण्डकी प्रदेशका सीटीईभीटीका कार्यकारी निर्देशक डा. सोमलाल सापकोटा, इन्जिनियर उपेन्द्र बराल, महासंघका निवर्तमान अध्यक्ष सुदर्शनप्रसाद पौडेल र ट्रान्सवेल्ड ट्रान्सफर्मर प्रालिका अध्यक्ष अमुल श्रेष्ठ सहभागी भएका थिए ।

छलफलमा अध्यक्ष अमुल श्रेष्ठले सरकारको नीति नियम स्थिर नहुँदा व्यवसायीलाई लगानी बढाउन अफ्ठ्यारो भएको बताउनुभयो । आफ्नो कम्पनीले ट्रान्सफर्मर उत्पादन गर्ने जानकारी दिँदै व्यवसायीलाई लगानीको वातावरण मिलाउन सरकार लाग्नु पर्ने उनको भनाइ छ ।

‘नेपाल विद्युत उत्पादन गरी निर्यात गर्ने अवस्थामा पुगिसकेको छ, सरकारले निर्यात गर्ने जुन लक्ष्य राखेको छ, त्यो लक्ष्य पूरा गर्नको लागि यसको विकास र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार लाग्नु पर्छ,’ उनले भने ।

यस्त, महासंघका निवर्तमान अध्यक्ष सुदर्शनप्रसाद पौडेलले नेपालमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको माग र प्रयोग बढ्दै गएको जानकारी दिए ।

‘नेपालमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामानको प्रयोग बढ्दै गएको छ, वार्षिक रूपमा यस्ता सामग्री १०५ अर्ब रुपैयाँको सामान आयात भइरहेको छ, यो क्षेत्रलाई विशेष महत्व दिएर सरकार अगाडि बढ्नु पर्छ,’ उनले भने ।

यस्तै डा. सोमलाल सापकोटाले इलेक्ट्रिक तथा इलेकट्रोनिक्सका दक्ष प्राविधिक जनशक्ति तयार गर्न आवश्यक रहेको बताए ।

महासंघका महासचिव गोपाल अग्रवालका अनुसार फीन इलेक्ट्रो टेकमा ८२ वटा प्याभिलियन तथा स्टलहरू राखिएका छन । नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलइडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको मेलामा प्रदर्शन गरिएको छ ।

फीन इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स) रहेको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने फीन इलेक्ट्रो टेकमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु रहेका छन् ।

यस्तै, मेलामा ट्रान्स्वेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, स्वीफ्ट गोल्ड, केइआई, लिशा, विसिएच, बजाज, हेभल्स, सिमेन्स, क्रम्टन, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार एल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।

मेला आजसम्म चल्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको...

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...
spot_img