Friday, May 8, 2026
spot_img
spot_img

क्रसर व्यवसायी महासंघको महाधिवेशन कार्तिक ३० गते बर्दिवासमा हुने

spot_img
spot_img

क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अधिवेशन कार्तिक ३० गते बर्दिबासमा हुने भएको छ । महासंघको १०औँ र ११औँ वार्षिक साधारणसभा र तेस्रो महाधिवेशन यही कात्तिक ३० गते महोत्तरीको बर्दिवासमा आयोजना हुने भएको हो ।

साधारणसभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने तय भएको महासंघले जनाएको छ ।

महाधिवेशनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण समितिका सभापति अब्दुल खान, मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह, प्रदेश सरकारका मन्त्रीहरू, साथै स्थानीय सरकारका प्रमुख र उपप्रमुखहरूको पनि सहभागिता रहने महासंघका महासचिव पुरुषोत्तम रेग्मीले जानकारी दिए ।

महाधिवेशनमा देशभरिबाट ७८० क्रसर बालुवा तथा खानी उद्योगका व्यवसायी प्रतिनिधिहरूको सहभागी हुने महासंघले जनाएको छ । यस तेस्रो महाधिवेशनले नेपाल क्रसर तथा खानी उद्योगको नयाँ नेतृत्व चयन गर्ने कार्य पनि गर्नेछ । तीन वर्षका लागि नयाँ नेतृत्व चयनको लागि प्रक्रिया अघि बढाइने महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए ।

महासंघको स्थापना २०७० सालमा भएको थियो । २०७७ माघ २० गते बुटवलमा महासंघको सम्पन्न अघिबेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित भएको थियो ।

यस महाधिवेशनको आयोजनासँगै महासंघले उद्योगका समस्याहरूको समाधानका लागि र व्यवसायीहरूको हितमा सकारात्मक कदम चाल्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

अध्यक्ष भए लगत्तै अन्जन श्रेष्ठले किन गर्दैछन् महासंघको नियमावलीमा संशोधन ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको चुनाव अगाडि नियमावली...

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

यस्तो छ आजको लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर...

नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको प्रक्रियामा

राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा एघार हजार ६०० सहकारी दर्ताको...

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...
spot_img