Friday, May 8, 2026
spot_img

नेपाल चेम्बर र भियतनामबीच व्यापार र लगानी प्रवद्र्धनको समझदारी

spot_img
spot_img

नेपाल र भियतनामबीच व्यापार र लगानी प्रवद्र्धन सम्वन्धमा सहकार्यको समझदारी भएको छ । नेपाल चेम्बर अफ कमर्स र भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनबीच दुई पक्षीय लगानी अभिवृद्धि एवम् व्यापार सहजीकरण गर्नेबारे समझदारी भएको हो ।

कृषि, पर्यटन र व्यापार जस्ता प्रमुख क्षेत्रहरुमा सहकार्य बढाउने विषयमा भियतनामका अधिकारीहरुसँग छलफल भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भियतनामी पर्यटक भित्र्याउन आग्रह गरे । भियतनामका बहुसंख्यक बुद्ध धर्मावलम्वीलाई नेपालको भ्रमण गराएर पर्यटन प्रर्वद्धन गर्नुपर्ने भन्दै अध्यक्ष अग्रवालले यसका लागि सहजीकरण गर्न चेम्बर तयार रहेको बताएका छन् ।

कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रमा लगानीका लागि समेत उनले भियतनामका प्रतिनिधिसमक्ष आग्रह गरे । अध्यक्ष अग्रवालले भने, ‘नेपाल लगानीको दृष्टिकोणले उत्कृष्ट गन्तव्य हो, लगानीको प्रतिफल सुनिश्चित गर्न चेम्बर अफ कमर्स प्रतिवद्ध छ ।’

नेपालको कृषि विकासमा सहयोग एवम् खाद्य सुरक्षा अभिवृद्धि र आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने उद्देश्यले भियतनामसंग सहकार्य गर्न चाहेको अध्यक्ष अग्रवालको भनाई छ ।

चेम्बर पदाधिकारीसँगको भेटवार्तामा भियतनाम नेपाल फ्रेण्डसिप एशोसिएसनका अध्यक्ष ट्रान अन्ह तुवानले नेपालको प्राकृतिक सुन्दरताले आफुलाई निकै लोभ्याएको बताए । नेपालसँग सहकार्य गर्न आफुहरु तयार रहेको र लगानीका क्षेत्रहरु खोज्नुपर्नेमा उनले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...
spot_img