Friday, May 8, 2026
spot_img

५ वर्षमा २ अर्ब विदेशी मुद्रा भित्र्याएको गोल्यान ग्रुपको ट्राइकोट उत्कृष्ट निर्यातकर्ता बन्यो

spot_img
spot_img

ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठूलो पश्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’  बाट सम्मानित गरेको छ । बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ ।

ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने नेपालकै सबैभन्दा ठूलो कम्पनी हो । यस कम्पनीले ‘वुलन र कटन’ को धागोबाट निर्माण हुने पश्मिना, स्वेटर, सल, टोपी, मोजा जस्ता पुरुष तथा महिला दुवैका लागि कपडा बनाएर निर्यात गर्दै आएको छ ।

करिब २५ वर्षअघि चीन, भारत र नेपालकै व्यवसायीसँगको सामूहिक लगानीमा खुलेपनि २०६२ सालदेखि गोल्यान ग्रुपको एकल स्वामित्वमा संचालनमा आएको यस कम्पनीले युरोपमा सबैभन्दा बढी आफ्ना उत्पादन निर्यात गर्दै आएको छ भने अमेरिका र भारतमा पनि निर्यात गर्दै आएको छ ।

पछिल्लो ५ वर्षमा ट्राइकोटले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात गरेर नेपालको विदेशी मुद्रा संचितिमा योगदान पुर्याउदै आएको छ भने नेपाली बजारमा करिब १७ करोड रुपैयाँ बराबरको कपडा विक्री गरेर बुनाई कपडाको माग पुरा गरेको छ ।

आफ्ना उत्पादनहरु विश्वमा नाम चलेका कुजतेन, फिंच ह्याटेंन, माला अलिशा, मिन्निरोज, रेमोण्ड जस्ता विश्वका चर्चित ब्राण्डहरुलाई विक्री गर्दै आएको ट्राइकोटका प्रबन्ध निर्देशक शक्ति गोल्यानले बताए ।

“हामीले अहिले विश्वका नाम चलेका चर्चित ब्राण्डका कम्पनीहरुलाई आफ्ना उत्पादनहरु निर्यात गर्दै आएका छौँ” उनले भने, “इस्कच र बोसलिना ब्राण्डका कपडाहरु निर्यात गर्दै आएपनि यसको औपचारिक घोषणा गरेका छैनौं ।”

बिराटनगरमा उद्योग रहेको ट्राइकोटमा हाल ३५० भन्दा बढी कर्मचारीले प्रत्यक्षरु पमा काम गर्छन् । जसमा ७० प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...
spot_img