Thursday, July 16, 2026
spot_img

कर वृद्धिको विरोधमा हेटौँडामा व्यवसाय ठप्प, व्यवसायीहरुको नाराबाजी

spot_img

कर वृद्धिको विरोधमा हेटौँडा उपमहानगरका व्यवसायीहरु व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले आफ्ना व्यवसायिक सटर तथा पसलको साँचो उपमहानगरपालिकालाई बुझाउने तयारी गरेका छन् ।

व्यवसायीहरूलाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपनि व्यवसायीहरू प्रहरीलाई धकलेर परिसरभित्र प्रवेश गरेका छन् । कार्यालय परिसरबाटै व्यवसायीहरूले नाराबाजी गरिरहेका छन् ।

संघका उपाध्यक्ष उज्वल चौलागाईंले व्यवसायीलाइ उत्तेजित बनाउन प्रहरी परिचालन गरिएको भन्दै जुनसुकै खालका घेरा तोड्ने चेतावनी दिएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघसहित जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलनमा छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img