Thursday, May 22, 2025
spot_img

कर वृद्धिको विरोधमा हेटौँडामा व्यवसाय ठप्प, व्यवसायीहरुको नाराबाजी

कर वृद्धिको विरोधमा हेटौँडा उपमहानगरका व्यवसायीहरु व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले आफ्ना व्यवसायिक सटर तथा पसलको साँचो उपमहानगरपालिकालाई बुझाउने तयारी गरेका छन् ।

व्यवसायीहरूलाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपनि व्यवसायीहरू प्रहरीलाई धकलेर परिसरभित्र प्रवेश गरेका छन् । कार्यालय परिसरबाटै व्यवसायीहरूले नाराबाजी गरिरहेका छन् ।

संघका उपाध्यक्ष उज्वल चौलागाईंले व्यवसायीलाइ उत्तेजित बनाउन प्रहरी परिचालन गरिएको भन्दै जुनसुकै खालका घेरा तोड्ने चेतावनी दिएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघसहित जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलनमा छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...
spot_img