Saturday, December 27, 2025
spot_img

अस्गर अलि बने इसेवाको सबैभन्दा ठूलो शेयरधनी, सिरोहिया र ढकालले घटाए स्वामित्व

spot_img

गत भदौ महिनामा इसेवा लिमिटेडका शेयरधनीहरुबीच शेयर खरिद बिक्री भएपछि अस्गर अलि कम्पनीको सबैभन्दा ठूलो शेयरधनी कायम भएका छन् । गत भदौ १० गते विश्वास ढकाल, सम्भव सिरोहिया र सुवाष शर्माले आफ्नो स्वामित्वमा रहेको केही शेयर बिक्री गरेका थिए।

बिक्री भएको सबै शेयर अस्गर अलि र रोशन लामिछानेले खरिद गरेका हुन् । बिक्री भएको मध्ये अधिकांश शेयर अस्गर अलिले खरिद गरेपछि उनी कम्पनीको सबैभन्दा ठूलो शेयरधनी भएका हुन्।

भदौ १० को शेयर खरिद बिक्रीपछि कम्पनीमा अस्गर अलिको शेयर स्वामित्व २०.४० प्रतिशतबाट स्वामित्व बढेर २७.९५ प्रतिशत पुगेको छ। यस अघि कम्पनीको ठूलो शेयरधनी रहेका विश्वास ढकालको शेयर स्वामित्व २८ प्रतिशतबाट घटेर २३.८३ प्रतिशत कायम भएको छ । ढकाल कम्पनीको दोस्रो ठूलो शेयरधनीको रुपमा कायम भएका छन् । कम्पनीमा एफवान सफ्ट इन्टरनेशनलको २० प्रतिशत स्वामित्व रहेको छ।

गत भदौमा सम्भव सिरोहियाले पनि आफ्नो स्वामित्वको केही शेयर बिक्री गरेपछि कम्पनीमा उनको स्वामित्व  १६ प्रतिशतबाट घटेर १३.६२ प्रतिशत कायम भएको छ । रोशन लामिछानेले भने बिक्री गरिएको मध्ये बाट केही शेयर खरिद गरेर आफ्नो स्वामित्व ०.४० प्रतिशतबाट ०.५५ प्रतिशत पुर्याएका छन् । सुवाष शर्माले आफ्नो केही शेयर बेचेपछि उनको शेयर स्वामित्व ७.६८ प्रतिशतबाट घटेर ६.५४ प्रतिशत कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३८ करोड रहेको छ। कम्पनीले गत मङ्सिर २४ गते साधारणसभा गरेको छ। सो साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ३१.५८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ८०.५३ प्रतिशत नगद लाभांश गरि कुल ११२.११ प्रतिशत लाभांश पारित गरेको छ ।

हेर्नुस् कम्पनीमा कसको स्वामित्व कति ?

अस्गर अलि – २७.९५ प्रतिशत

विश्वास ढकाल – २३.८३ प्रतिशत

एफवान इन्टरनेशनल – २० प्रतिशत

सम्भव सिरोहिया – १३.६२ प्रतिशत

सुवाष शर्मा -६.५४ प्रतिशत

सुवाष सापकोटा- ३.८४ प्रतिशत

कैलाश श्रेष्ठ – १.४४ प्रतिशत

योगेश भट्टराई -१.४४ प्रतिशत

रोशन लामिछाने – ०.५५ प्रतिशत

अकबर खान: ०.४८ प्रतिशत

अद्वेत तुलाधर : ०.३२ प्रतिशत

 

 

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img