Saturday, December 27, 2025
spot_img

एसवाई प्यानल : जसको सामाग्री प्रयोग गरेर ५ लाखदेखि नै बनाउन सकिन्छ भूकम्प प्रतिरोधी घर

spot_img

शेयरबजारमा हालै मात्र एसवाई प्यानल नेपाल लिमिटेड कम्पनी सूचीकृत भई कारोबारमा आएको छ। कम्पनीले आईपीओ निष्काशन गरेपछि कम्पनीको उत्पादनहरुबारे चासो राख्नेहरु पनि ह्वात्तै बढेका छन् ।

त्यसो त यो कम्पनी सन् २०१७ मै नेपालमा स्थापना भएको हो। २०७२ सालको विनाशकारी भूकम्पपछि नेपालमा भूकम्प प्रतिरोधी घर निर्माणबारे बहस सुरु भयो । त्यहि समयमा नै कोरियामा प्यानल निर्माण गरिरहेको एसवाई प्यानलले नेपालमा भूकम्प प्रतिरोधी घर बनाउनमा प्यानल उपयुक्त हुने देखेपछि नेपालमा आफ्नो सहायक कम्पनी खोलेर प्यानल उत्पादन थालेको हो।

यस कम्पनीले सस्तो र सुलभ मूल्यमा घर निर्माणको लागि सामग्री उत्पादन गर्दै आएको छ। कम्पनीले आफैले भने घर निर्माण गर्दैन । कम्पनीका डिलरहरुले कम्पनीका सामाग्री प्रयोग गरेर घर निर्माण गर्ने हुन् । कम्पनीका संचालक महेश्वर कर्माचार्यका अनुसार घर निर्माण गर्दा लाग्ने खर्च घर कत्रो बनाउने, कस्तो बनाउने, रङ्गरोगन र डेकोरेशन कस्तो गर्ने, कस्तो ठाउँमा बनाउने लगायतका विषयमा भर पर्छ ।

सबैभन्दा बेसिक प्यानल प्रयोग गरेर दुई वटा कोठा, बरण्डा हुने गरि दश बाई आठ फुटको घर बनाउनु पर्दा  ५ लाखमा पनि बनाउन सकिने कर्माचार्यको भनाई छ । यस्तो घरको छतमा जस्ताको प्रयोग हुन्छ । विपदको अवस्थामा वा तत्काल बनाउन पर्दा १५ दिन मै यस्तो घर तयार हुन्छ । यस्तो घर कति टिक्छ भन्ने विषय भने मौसममा, कुन प्यानल प्रयोग भएको छ, घर बनाउन प्रयोग भएको सिटको मोटाई लगायतमा भर पर्छ ।

सामान्यतया कम्पनीको प्यानलको आयु भने २५ वर्ष बढी रहेको छ । घर बनाएको २ वर्ष भित्रमा प्यानलमा केहि डिफेक्ट भएको पाईए कम्पनीले प्यानल नै रिप्लेस गरिदिन्छ । तर यो भनेको घर आयु २५ वर्ष मात्र हुने भने होइन । नियमित मर्मतसम्भार भएमा प्यानलबाट बनेका घरहरु अर्को २५ वर्ष पनि टिक्ने संचालक कर्माचार्य बताउछन् । अर्थात् मर्मतसम्भार भएमा यस्ता घर ५० वर्षसम्म पनि टिक्छ ।

यो विपदको अवस्थामा बन्ने घर हो । नेपाली समाजको लागि दुई वटा बेड रुम, एउटा लिभिंग रुम, एउटा किचेन र एउटा सौचालय सहितको घर बनाउन कम्तिमा ६०० वर्ग फिट क्षेत्रफ़ल चाहिन्छ । शहरी एरियामा शहरी स्टाइलकै फिनिसिङ अनुसार प्यानलको घर बनाउन २२ देखि २५ लाख खर्च आउने कम्पनीको भनाई छ । फिनिसिङ भनेको बाथरुममा टायल र कम्बोड, पुरै घरमा फल्स सिलिङ, किचेनमा स्ल्याब टायल र सिंक, पुरै घरमा बत्ति जडान, तयारी अवस्थाको झ्याल ढोका र ग्रिल सहितको घर भन्ने हो । अर्थात् फर्निचर राखेर तत्काल बस्न मिल्ने गरि घर तयार हुन्छ । ग्रामिण भेगमा भने त्यति नै क्षेत्रफलको घर , टायल नहाली, छानामा युपीभीसी वा जस्ता राखेमा १५ देखि १७ लाखमा पनि घर तयार हुन्छ ।

कम्पनीको सामग्री प्रयोग गरेर बहुतले घर पनि निर्माण गर्न सकिन्छ । आरसीसीबाट बन्ने बहुतले घरभन्दा प्यानल प्रयोग गरेर बनाउँदा २० प्रतिशत सस्तो पर्न आउने कर्माचार्य बताउछन् ।  उदाहरणको लागि आरसीसीबाट निर्माण गर्दा १ करोड पर्ने घर प्यानलबाट बनाउँदा ८० लाख मै बन्छ । फिनिसिङ भने समान नै हुन्छ ।

रोचक त के छ भने निर्माण सामग्री बोकेर लैजानु पर्ने हिमाली भेगमा यस्तो घर बनाउन अझै सस्तो पर्छ । त्यसको कारणको प्यानलको तौल हलुका हुनु । जसले यातायात खर्च घटाउछ । इँटाको वाल लगाउँनु नपर्ने, प्लास्टर गर्नु नपर्ने, सुक्नलाई कुर्नु नपर्ने भएकोले श्रमिकलाई दिनु पर्ने खर्च पनि कम हुन्छ । समुद्री सतहबाट ५ हजार मिटरको उचाईमा रहेको सोलुखुम्बुको गोक्यो ताल नजिक प्यानलबाट नै ३ तले होटेल बनेको छ । कम्पनीले गरेको अध्ययन अनुसार हिमाली भेगमा प्यानलको घर बनाउँदा अन्य घरको तुलनामा ३० देखि ३५ प्रतिशत सस्तो पर्न आउँछ । छिटो छिटो मौसम परिवर्तन भईरहने स्थानमा प्यानलको आयु अलि कम हुन्छ । एकनासको मौसम हुने स्थानमा प्यानलको आयु बढ्छ ।

कम्पनीका अनुसार सोलुखुम्बु  ताप्लेजुङ जस्ता हिमाली भेगमा प्यानलको प्रयोग गरेर घर बनाउने क्रम बढ्दो छ । त्यस्तै पछिल्लो समय हाइड्रोपावर कम्पनीका पावर हाउस र क्याम्पहरुमा पनि प्यानल घरको प्रयोग बढ्दो छ ।

कम्पनीले निर्माण गर्ने प्यानलको फायर टेस्ट पनि भएको छ ।  जसमा पफ प्यानलमा सानो तिनो आगो लागेमा आफै निभ्ने क्षमता रहेको कर्माचार्य बताउछन्। प्यानलको बाहिरी भाग सजिल्यै नबल्ने भएकोले आरसीसी घरको तुलनामा प्यानलको घर थप सुरक्षित हुन्छ ।  तर त्यसको लागि घर निर्माण गर्दा विशेष सावधानी अपनाउनु पर्छ।  बाहिरी भाग अर्थात् सिटलाई राम्रोसंग हाल्नु पर्छ, र आगोले सिधै भित्रि भाग नभेटोस् भनेर सबै ठाउँमा सिटले भित्रि भाग छोपेको सुनिश्चितता हुनु पर्छ।

विकसित देशमा छिटो निर्माणमा गई हाल्नु पर्ने वा उत्पादन थालिहाल्नु पर्ने अवस्थाका प्रोजेक्टको लागि  श्रमिकको आवास, फ्याक्ट्री र क्याम्पहरु प्यानलबाट बन्ने कम्पनीको भनाई छ । छिटो बनाउन सकिने र सहजै सार्न पनि मिल्ने भएकोले प्यानलको संरचना रुचाईन्छ । त्यस्तो त एसवाई कोरियाबाट नै आएको हो, जहाँ धेरै संरचना प्यानलकै बन्ने गरेको छ । कोरियामा मात्रै प्यानल उत्पादन गर्ने २०० वटा भन्दा धेरै कम्पनी छ , जसमा एसवाई प्यानल शिर्ष ३ भित्र पर्दछ ।

कम्पनीको प्यानलले बनाएका घरहरु भूकम्प प्रतिरोधी पनि हुन्छन्।  बहुतले घर निर्माण गर्दा भुइहरुमा कंक्रिट वा सिमेन्ट बोर्ड कै संरचना प्रयोग हुने भएकोले यसले तौल पनि बोक्न सक्छ।  यस्ता घरको अर्को फाइदा भनेको एक ठाउँमा बनाएको घरलाई अर्को ठाउँमा लगेर सार्न पनि सकिन्छ, त्यस्तो गर्दा ९० प्रतिशत सामग्री पुन: प्रयोग गर्न मिल्छ।

अहिले कम्पनीको प्यानल बिक्री गर्न हरेक प्रदेशमा र देशको हरेक मुख्य शहरमा डिलरहरु छन् ।  कम्पनीका डिलर ६५ पुगेको छ, र डिलर नभएका ठाउँमा नजिकका स्थानबाट जाने भएकोले देशभर नै कम्पनीको प्यानल प्रयोग गरेर संरचना बनाउन सकिन्छ।

यस कम्पनीले उत्पादन मध्ये पहिलो प्यानल ईपीएस स्यान्डवीच प्यानल हो । रुफतर्फ ४० एमएमदेखि १५० एमएमसम्म, वाल र पार्टेसनका लागि ५० देखि १५० एमएमसम्मको आकारको प्यानल बन्छ । प्यानलको वाल र रुफको चौडाइ १ मिटरको हुन्छ भने लम्बाइ इच्छा अनुसारको बनाउन सकिन्छ ।

कम्पनीको अर्को उत्पादन पफ प्यानल हो, जसमा पोलियुराथिन रसायन थर्मल इन्सुलेसनको रुपमा प्रयोग गरी उत्पादन हुने भएकोले यो प्यानल ईपीएस स्यान्डवीच प्यानल ईपीएसभन्दा दोब्बर तौलको हुन्छ, घनत्व बढी हुन्छ । पफ प्यानल अरुभन्दा इन्सुलेन राम्रो दिने भएकाले कोल्डस्टोर र खाद्य स्टोरमा प्रयोग धेरै हुने गरेको छ ।

कम्पनीले युपिभिसी झ्यालहरुको प्रोफाईल कोरियाबाट आयात गरी ग्राहकहरुको आवश्यकता तथा ईच्छा अनुसार बनाई प्यानल संरचनाहरुमा जडान गर्ने गरेको छ। त्यस्तै कम्पनीले दुई किसिमको ढोका उत्पादन गर्दछ । प्यानल ढोका र स्टिलको ढोका । प्यालन ढोका ईपीएसबाट नै बनाइएको हुन्छ । यो स्टिलभन्दा सस्तो र तौल पनि कम हुन्छ । स्टिलको ढोका भने मुल ढोकामा प्रयोग हुन्छ।

हालसम्म कम्पनीको सामग्री प्रयोग भएर १० हजार घर निर्माण भएको कम्पनीको आँकलन छ। कम्पनीको सामग्री प्रयोग भएर २८५ मेगावाटको माथिल्लो तमोरको ४ वटा क्याम्प बनेको छ, जसमा एउटा क्याम्पको क्षेत्रफल ५० हजार वर्ग फिट रहेको छ।  त्यस्तै सशस्त्र प्रहरी बलको ६६ वटा  बोर्डर आउटपोस्ट पनि कम्पनीको प्यानल प्रयोग गरेर बनेको छ।  सिटी स्क्वायरमा पनि कम्पनी प्यानल प्रयोग गरेर तला थपिएको छ भने काठमाडौँको महाराजगंजमा सेल्सबेरीको भवनमा पनि एसवाई प्यानल प्रयोग गरेर तला थप भएको छ। काठमाडौँका विभिन्न स्थानमा २ तलाको घरहरु एसवाई प्यानल नै प्रयोग भएर बनेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img