Monday, June 22, 2026
spot_img

‘इकोनोमिक डिप्लोमेशी’मा कहाँ चुक्यो नेपाल ?

spot_img
spot_img

विभिन्न देशहरुले नेपालस्थित उद्योगी व्यवसायीहरुलाई ‘वाणिज्य दूत’ नियुक्त गरेका हुन्छन् । उद्योग व्यवसाय विस्तार गर्ने लक्ष्यसहित वाणिज्य दूतावास सञ्चालन गर्ने त्यस्ता देशहरुले नेपाली उद्योगी व्यवसायीहरुलाई अवैतनिक वाणिज्य दूत बनाएका हुन्छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल नेपालका लागि गणतन्त्र इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत छन् । उनी अवैतनिक वाणिज्य दूत तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन)का डिनसमेत हुन् । उनले नेपाल सरकारले वाणिज्य दूतहरुलाई केवल औपचारिक दूतको रुपमा मात्रै आर्थिक कुटनीतिज्ञको रूपमा व्यवहार गर्नुपर्ने र त्यसको लाभ लिनुपर्ने बताउँदै आएका छन् ।

‘आर्थिक कुटनीति केवल व्यापारमा मात्रै सीमित हुँदैन, यो रोजगार, प्रविधि, उत्पादनको ब्राण्डिङ र पर्यटनसहित धेरै क्षेत्रसँग जोडिएको छ’ ढकाल भन्छन्, ‘परराष्ट्र मन्त्रालयमा अहिले आर्थिक कुटनीति महाशाखा स्थापना भएको छ । यो धेरै नै स्वागतयोग्य कुरा हो । अब सरकार र वाणिज्य दूतहरुबीच सहकार्य आवश्यक छ । राज्यले पनि अनररी कन्सुलर कप्र्सलाई अवैतनिक र औपचारिक दूतको रुपमा मात्रै नभई आर्थिक कुटनीतिज्ञको रूपमा उपयोग गर्नुपर्छ ।’

त्यसो त, वाणिज्यदूतहरु सरकारबाट कुनैपनि खालको खर्च र सेवा सुविधा नलिई आफूले वाणिज्य दूतका रुपमा प्रतिनिधित्व गर्ने देशको लगानी भित्र्याउन र उक्त देशमा नेपालको पर्यटन प्रवद्र्धन गर्न सक्रिय रहदै आएका छन् । नेपालका लागि गणतन्त्र जाम्बियाका वाणिज्यदूत देशबन्धु बस्नेत (अजित)का अनुसार आफ्नै स्रोत, समय र नेटवर्क प्रयोग गरेर उनीहरुले देशका लागि काम गरिरहेका हुन्छन् । तर, यो मात्रै पर्याप्त नहुने उनको भनाई छ । ‘विभिन्न देशसँग हाम्रो कुटनीतिक सम्बन्ध छ, त्यो राजनीतिक तहमा त छँदैछ, अब सरकारले नै आर्थिक कुटनीतिलाई महत्वका साथ उठाउनुपर्छ’ उनी भन्छन् ।

दूतावासको सक्रियता आवश्यक
आर्थिक कुटनीतिका लागि विदेशस्थित नेपाली दूतावासहरुको सक्रियता आवश्यक हुने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली बताउँछन् । जेन् जी आन्दोलन पश्चात परराष्ट्र मन्त्रालयमा कुटनीतिक नियोगदेखि विभिन्न वाणिज्य दूतहरुसँग छलफल भएको बताउँदै उनले दूतावासहरु आर्थिक कुटनीतिमा पनि केन्द्रित हुनुपर्ने बताउँछन् ।

‘अहिले विदेशी लगानीकर्ताहरु आफू चाहेको क्षेत्रमा लगानी गर्नका लागि बुझ्न मात्रै पनि यहीँ (नेपाल) आउनुपर्ने अवस्था छ’ उनी भन्छन्, ‘दूतावासहरुमा एउटा डेस्क स्थापना गर्ने र एक जना फोकल पर्सन तोक्ने हो भने उनीहरु सुरुमै यहाँ आइरहन पर्दैनथ्यो । दूतावासमै छलफल तथा अन्तरक्रिया हुँदा सहज पनि हुन्छ ।’

सीईओ ज्ञवालीले ‘इकोनोमिक डिप्लोमेशी’ वा ‘इन्भेष्टमेन्ट डिप्लोमेशी’ जे भनेपनि दूतावासहरु सक्रिय हुने हो भने विदेशी लगानी बढाउन सकिने सम्भावना रहेको बताएका छन् ।

‘पोटेन्सियल सेक्टर’को पहिचान जरुरी
आर्थिक कुटनीतिलाई प्राथमिकतामा राखेर काम गर्न राजनीतिक दल पनि एकमत हुन जरुरी रहेको महासंघका अध्यक्ष चन्द्र ढकाल बताउँछन् ।साथै, आर्थिक कुटनीतिलाई प्राथमिकतामा राखेका छौँ भनेर मात्रै नहुने र कुन देशमा कुन क्षेत्रमा लगानी ल्याउन सकिन्छ भनेर ‘पोटेन्सियल सेक्टर’को पहिचान पनि गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

ढकालको भनाइमा लगानी बोर्डका सीईओ ज्ञवाली पनि सहमत सुनिन्छन् । उनले पनि आर्थिक कुटनीतिलाई प्राथमिकतामा राख्दा कुन देशबाट कुन क्षेत्रमा लगानी ल्याउने उच्च सम्भावना रहन्छ, त्यसमा केन्द्रित हुनुपर्ने बताएका छन् । ‘ऊर्जा, कृषि र पर्यटन हाम्रा लागि सम्भावनाका क्षेत्र हुन्, अहिले सूचना प्रविधिमा पनि उल्लेख्य सम्भावनाहरु देखिएका छन्’ सीईओ ज्ञवाली भन्छन्, ‘उदाहरणका लागि चीनबाट हामीले सूचना प्रविधिमा लगानी भित्र्याउन सक्छौँ । अरु अरु देशहरुका पनि आ–आफ्नै विषेश दख्खल छन्, तिनको पहिचान गरेर लाग्नुपर्छ ।’

कति छन् नेपालमा अवैतनिक वाणिज्यदूत ?
कुनैपनि देशले आफ्नो राजदूतावास नभएका मुलुकमा त्यस देशका प्रतिष्ठित उद्योगी व्यवसायीलाई वाणिज्य दूतमा मनोनित गर्न सक्छन् । दुइ देशबीच व्यापार तथा पर्यटन र निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अवैतनिक वाणिज्य दूत नियुक्त गर्ने अभ्यास छ ।

अवैतनिक वाणिज्य दूतसम्बन्धी नियमावली, २०३९ अनुसार अवैतनिक वाणिज्यदूत नियुक्ति गरिन्छ । अवैतनिक वाणिज्य दूतमा नियुक्त हुन व्यक्तिको उमेर ३५ वर्ष उमेर पूरा भएको हुनुपर्छ भने कुनै व्यापार वा व्यवसायमार्फत ख्याति आर्जन गरेको हुनुपर्छ ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, नेपालको विदेश नीति, राजनीतिक व्यवस्था, आर्थिक तथा सांस्कृतिक पक्षहरूबारे जानकारी भएको, तोकिएको कन्सुलर कार्य क्षेत्रमा एक वर्षमा कम्तीमा छ महिना बसोबास गर्न सक्ने र आफ्नै खर्चमा कार्यालय स्थापना र सञ्चालन गर्ने क्षमता भएको व्यक्ति वाणिज्य दूत हुन सक्छन् ।

परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत छन् । एचसीसीएनका डिन तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका अनुसार दूतावास नभएका मुलुकमा कूटनीतिक सम्बन्ध आदानप्रदान गर्न र आर्थिक क्रियाकला बढाउन अवैतनिक वाणिज्य दूतमार्फत मद्दत पुगिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसाधारणले माउण्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...
spot_img