ChatGPT बनाएको OpenAI ले ६० अर्ब डलरको आइपीओ ल्याउने, भ्यालुएसन १ ट्रिलियन डलर

spot_img

कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रको अग्रणी कम्पनी तथा च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को आधार तयार परेको छ। रोयटर्सको विशेष रिपोर्टअनुसार, कम्पनीले १ ट्रिलियन अमेरिकी डलर  सम्मको मूल्यांकनमा आईपीओ ल्याउने योजना बनाएको छ। यो आईपीओ इतिहासकै सबैभन्दा ठूलो हुन सक्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।

कम्पनीले अमेरिकी सिक्युरिटिज नियामकसँग २०२६ को  जुलाई–डिसेम्बरको अवधिमा आईपीओ लागि आवेदन दिने बताईएको छ। कम्पनीका मुख्य वित्तीय अधिकारी सराह फ्रायरका अनुसार २०२७ मा कम्पनीलाई सूचीकृत गर्ने लक्ष्य रहेको छ। केही सल्लाहकारहरूले २०२६ को अन्त्य सम्म नै सम्भव भएको बताएका छन्।

प्रारम्भिक छलफलमा आईपीओ मार्फत कम्तीमा ६० अर्ब डलर सङ्कलन गर्ने, तर यो रकम थप बढ्न सक्ने बताईएको छ। कम्पनी वाल स्ट्रीटमा हुने निश्चित छ, जसमा न्यूयोर्क स्टक एक्सचेन्ज (NYSE) वा नैस्ड्याक (NASDAQ) मध्ये कुनै एक हुन सक्छ। ठूलो आकारका कम्पनीहरू प्रायः NYSE मा लिस्ट हुने गर्छन्।

यो योजना ओपनएआईका सीईओ साम अल्टम्यानको १.४ ट्रिलियन डलरको एआई पूर्वाधार निर्माण योजनालाई स्रोत जुटाउनका लागि हो। कम्पनीको हालैको वार्षिक राजस्व २० अर्ब डलर नजिक पुग्ने अनुमान छ, तर घाटा पनि बढ्दै गएको छ।

अक्टोबर २८ मा सम्पन्न पुनर्संरचना पछि कम्पनी पब्लिक बेनिफिट कर्पोरेसन बनेको छ, जसमा गैरनाफामूलक संस्थाले नियन्त्रण कायम राख्छ।  कम्पनीमा हाल ओपनएआई फाउन्डेसन (गैरनाफामूलक) को २६ प्रतिशत, माइक्रोसफ्टको २७ प्रतिशत र कर्मचारी, पूर्वकर्मचारी तथा अन्य लगानीकर्ताको ४७ प्रतिशत शेयर रहेको छ । कम्पनीको मुख्य लगानीकर्तामा माइक्रोसफ्ट, सफ्टब्याङ्क, थ्राइभ क्यापिटल, अबु धाबीको MGX आदि रहेका छन् ।

यो आईपीओले एआई क्षेत्रमा नयाँ तरङ्ग ल्याउने बताईएको छ, जसले Nvidia, क्लाउड कम्प्युटिङ र डाटा सेन्टर कम्पनीहरूलाई फाइदा पुर्‍याउन सक्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...