Wednesday, May 6, 2026
spot_img
spot_img

महासंघ प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच भेट, अर्थतन्त्रमा सुधार ल्याउन ‘बुस्टर डोज’को माग

spot_img
spot_img

नेपाल उद्योग तथा व्यवसायी महासंघ र अर्थमन्त्री रामेश्वर खनालबीच भेटघाट भएको छ । महासंघका अध्यक्ष भागिरथ सापकोटाको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले अर्थमन्त्री खनाललाई भेटी भदौं २३ र २४ गतेको जेन्जी आन्दोनमा उद्योगी व्यवसायी माथि भएको हमलाको विषयमा ध्यानाकर्षण गराएका थिए ।

‘भदौ २३ गते जेन्जीले आन्दोलन गरेपनि २४ गते जेन्नीको नाममा व्यवसायी संरचना तोडफोड तथा जनाउने काम भयो त्यो एकदमै गलत र निदन्नीय छ,’ अर्थमन्त्रीसँगको भेटमा सापाकोटाले भने, ‘यदि सरकारले त्यस्ता अपराधिक गतिविधिमा लाग्नेमाथि कारबाही नगर्ने हो भने देशमा व्यवसायीक वातावरण बन्ने छैन ।’

यसैगरी जेन्जी आन्दोलनलाई एउटै बास्केटमा राखेर हेर्ने हो भने त्यसले आगामी दिनमा थप अराजकता फैल्याउने काम गर्ने सापकोटाको भनाई थियो । ‘यदि जेन्जीले जुन मुद्दा उठाएर आन्दोलन गरेका छन् र उनीहरुले २३ गते जसरी आन्दोलन गरेका थिए त्यसमा हामीले विरोध गरेका छैनौं,’ उनले भने, ‘तर २४ गते जसरी व्यवसायी प्रतिष्ठान तथा उद्योगी व्यवसायी, सर्वसाधारण र राज्यको सम्पती जलाइयो त्यस्तालाई सरकारले तत्काल कारबाहीको दायरामा ल्याउनु पर्छ ।’ जेन्जी आन्दोनका नाममा भएको अपराधिक गतिविधिले अहिले व्यवयासीको मनोवल खस्किएको भन्दै त्यसलाई उकास्न सरकारले अविभावकीय भुमिका निर्वाह गर्नुपर्ने महासंघको आग्रह थियो ।

साथै अहिलेको अर्थतन्त्र उकास्त सामान्य पहल नभई राज्यको तर्फबाट बुस्टर डोज चाहिले महासंघको भनाई थियो । यसैगरी अहिले देखिएको डेडिकेटेड ड्रक लाईन विवादलाई निचोडमा पुर्याउन सरकारले पहल गर्नुपर्ने महासंघको माग थियो ।

उक्त भेटका अर्थमन्त्री खनालले उक्त जेन्जी आन्दोलनले निम्त्याएको घटनालाई दुई भागमै राखेर अनुसन्धान तथा छानविन गरिने बताएका छन् । आन्दोनको नाममा व्यवसायीक संरचनामा तोडफोड तथा आगजानी गर्नु गलत भएको भन्दै दोषीमाथि कारबाही गरिने अर्थमन्त्रीको भनाई थियो । साथै अहिले बनेको सरकारले देशमा व्यवसायीक वातावरण बनाउन पहल गरिरहेको समेत जानकारी गराएका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको...

११ जना सहसचिवको सरुवा, को कहाँ पुगे ?

सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ । सोमबार...

मुद्दा परेपछि आईफोन प्रयोगकर्तालाई २५० मिलियन डलर दिदै एप्पल, क-कसले पाउँछन् ?

प्रविधि कम्पनी एप्पलले आइफोन १५ प्रो, १५ प्रो म्याक्स...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा...

सिटी होटेलले भन्यो ‘सेबोनको स्वीकृतिमै नियमानुसार हकप्रद शेयर बिक्री गरिएको हो’

सिटी होटल लिमिटेडले कानून विपरीत ‘लकइन’ मा रहेको संस्थापक...
spot_img