Thursday, May 7, 2026
spot_img
spot_img

धारा र ज्ञान ब्राण्डमा खाद्यान्न बिक्री गर्ने सौरभ ओइलले गतवर्ष गर्यो १ अर्ब ८४ करोड आम्दानी

spot_img
spot_img

के एल दुगड ग्रुप अन्तर्गत रहेको सौरभ ओइल एण्ड एग्रो इन्डष्ट्रिजले सन् २०२४ मा झन्डै २ अर्बको आम्दानी गरेको छ। यस अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँको संचालन आम्दानी गरेको हो।

सन् २०२२ र सन् २०२३ मा भने कम्पनीको यस्तो आम्दानी क्रमश २ अर्ब ४४ करोड र १ अर्ब ९५ करोड रहेको थियो । विश्व बजारमा तोरीको तेलको मूल्य घटेको, माग कमजोर भएको र प्रतिस्पर्धा बढेको लगायतका कारणले कम्पनीको आम्दानीमा गिरावट आएको बताईएको छ।

यस कम्पनीले धारा ब्राण्डमा तोरीको तेल उत्पादन र बिक्री  गर्दै आएको छ भने ज्ञान ब्राण्डमा दाल, पिठो, गेडागुडी लगायतका खाद्यान्न बिक्री गर्दै आएको छ। कम्पनीले बिगुल र स्वस्तिक ब्राण्डमा पनि तोरीको तेल बिक्री गर्दै आएको छ ।

कम्पनीको कारखाना बाँकेको कोहलपुरमा रहेको छ।  कम्पनीको तेल उत्पादन गर्ने वार्षिक क्षमता १० हजार ५ सय मेट्रिक टन रहेको छ भने अन्य खाद्यान्नतर्फको वार्षिक उत्पादन क्षमता १४ हजार ४ सय मेट्रिक टन रहेको छ।  कम्पनीको वार्षिक पीना उत्पादन क्षमता  ९८ सय मेट्रिक टन रहेको छ। यद्यपि कम्पनीले सन् २०२४ मा क्षमताको ३६ प्रतिशत मात्र उपयोग गरेको छ।

आन्तरिक उत्पादनले पर्याप्त नभएर कम्पनीले तेल उत्पादनको लागि भारतबाट तोरी आयात गर्ने गरेको छ। कम्पनीले आफ्नो आवश्यकताको ८५ प्रतिशत तोरी भारतबाट ल्याउने गरेको छ।  कम्पनीले गेडागुडी भने सिंगापुर र युकेबाट ल्याउने गरेको छ।

कम्पनीको फ्याक्ट्री  भारत-नेपाल सीमाको रुपैडिहाबाट करिब १७ किलोमिटर टाढा छ। यसले कम्पनीलाई भारतबाट प्रमुख कच्चा पदार्थको लागत-प्रभावी आयातमा सहजता प्रदान गरेको छ। यसले खर्च र समयलाई कम गर्न मद्दत गरेको छ। कम्पनीले १४ डिपोहरू मार्फत व्यापक वितरण सञ्जाल निर्माण गरेको छ।

कम्पनीको संथापकमा नरेश दुगड र कुमुद दुगड छन्, उनीहरुसँग यस क्षेत्र २ दशक बढीको अनुभव छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व...

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...
spot_img