Wednesday, June 24, 2026
spot_img

आईएमई पे र खल्तीले साउन १ बाट एकिकृत कारोबार गर्ने, बन्नेछ सबैभन्दा ठूलो वालेट कम्पनी

spot_img
spot_img

आई.एम.ई. डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिई “आईएमई खल्ती लिमिटेड” को नामबाट कारोबार गर्ने भएका छन् ।  दुवै संस्थाबाट सञ्चालन हुदै आएको भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबार आगामी २०८२ साउन १ गते बिहीबारका दिन देखी एकीकृत रुपमा ‘आईएमई खल्ती लिमिटेड’ को नामबाट सञ्चालन हुने छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यी दुईलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो। मर्जर पश्चात कम्पनीको  रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीस्थित रहनेछ। मर्जरपछि एपको नाम भने खल्ती रहनेछ।

मर्जरपछि खल्ती प्रयोगकर्ताको संख्या ५० लाखभन्दा बढी पुग्नेछ । योसँगै चुक्ता पुँजी र प्रयोगकर्ता आधार दुवै हिसाबले नेपालको सबैभन्दा ठूलो एप खल्ती हुने छ।

आइएमई पेका प्रयोगकर्ताहरूको वालेटमा रहेको ब्यालेन्स र रिवार्ड प्वाइन्टहरू स्वचालित रूपमा नयाँ खल्ती एपमा स्थानान्तरण हुने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। आइएमई पेमा मात्र रहेका प्रयोगकर्ताहरूलाई उनीहरूको स्वीकृतिमा खल्तीमा समावेश गरिने र आइएमई पेमा उपलब्ध सबै सुविधाहरू अब एकीकृत खल्ती एपमा पनि उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...
spot_img