Thursday, November 13, 2025
spot_img

नेपालमा इन्टरनेट सेवा प्रदान गर्नेमा वल्डलिंक नम्बर वान, टेलिकमलाई डिस मिडियाको टक्कर

spot_img

नेपालमा फिक्स्ड ब्रोडब्याण्ड सेवाको इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या ३१ लाख ३२ हजार कटेको छ। नेपाल दुरसंचार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार २०८२ वैशाखसम्ममा फिक्स्ड ब्रोडब्याण्ड प्रयोग गर्ने ग्राहकको संख्या ३१ लाख ३२ हजार ३ सय ५० पुगेको हो । २०८१ चैत्रको तुलनामा ग्राहकको संख्या १ हजार ६ सय ९५ ले बढेको हो ।

३१ लाख ३२ हजार ३ सय ५० ग्राहक मध्ये ३१ लाख १ हजार १ सय ५७ ग्राहक एफटीटीएच प्रविधि सेवाका छन् भने २९ हजार ५ सय २७ ग्राहक रेडियो (वाईफाई) का छन्। बाँकि १ हजार ६ सय ६६ ग्राहक एडीएसएल केवल प्रविधिमा अधिरित सेवाका ग्राहक हुन् ।

कुल ३१ लाख ३२ हजार ३ सय ५० ग्राहक मध्ये वल्डलिंक कम्युनिकेशन एक्ल्यैसँग १० लाख ३ हजार ९ सय ४९ ग्राहक छन् । जुन कुल ग्राहक संख्याको ३२.०५ प्रतिशत हो। त्यस्तै दोस्रो नम्बरमा रहेको नेपाल टेलिकमसँग ३ लाख ५१ हजार ९ सय १२ ग्राहक छन्, जुन कुल ग्राहक संख्याको ११.२३ प्रतिशत हो। तेस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्कसँग ३ लाख ५० हजार ४ सय ६ ग्राहक छन्, जुन कुल ग्राहक संख्याको ११.१९ प्रतिशत हो।

हेर्नुस् धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक : 

वल्डलिंक कम्युनिकेशन: १० लाख ३ हजार ९ सय ४९ ग्राहक (३२.०५ प्रतिशत)

नेपाल टेलिकम : ३ लाख ५१ हजार ९ सय १२ ग्राहक (११.२३ प्रतिशत)

डिश मिडिया नेटवर्क : ३ लाख ५० हजार ४ सय ६ ग्राहक (११.१९ प्रतिशत)

सुबिशु केवलनेट: ३ लाख १० हजार २ सय ९४ ग्राहक (९.९१ प्रतिशत)

भायानेट कम्युनिकेशन : २ लाख ४५ हजार ९ सय ४५ ग्राहक (७.८५ प्रतिशत)

क्लासिक टेक: १ लाख ८२ हजार ९ सय ८६ ग्राहक (५.८४ प्रतिशत)

वेबसर्फर : १ लाख ७६ हजार ६९ ग्राहक (५.६२ प्रतिशत)

टेक माइन्ड्स नेटवर्क: ८५ हजार ८ सय ९१ ग्राहक (२.७४ प्रतिशत)

सिजी कम्युनिकेशन : ८० हजार ८ सय ५४ ग्राहक (२.५८ प्रतिशत)

वाईफाई नेपाल : ७४ हजार २९ ग्राहक (२.३६ प्रतिशत)

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

फेरि उद्योगी तर्साउँदै कुलमान: ‘उद्योग होइनौ’ भन्दै एसेम्बल कम्पनीसँग मागे ‘ब्याक डेट’को पैसा

कार्तिक १८ गते एउटा ठूलो एसेम्बल प्लान्ट (एसेम्बल कम्पनी/उद्योग)मा...

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...
spot_img
spot_img
spot_img