Thursday, May 7, 2026
spot_img
spot_img

नेपालमा इन्टरनेट सेवा प्रदान गर्नेमा वल्डलिंक नम्बर वान, टेलिकमलाई डिस मिडियाको टक्कर

spot_img
spot_img

नेपालमा फिक्स्ड ब्रोडब्याण्ड सेवाको इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या ३१ लाख ३२ हजार कटेको छ। नेपाल दुरसंचार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार २०८२ वैशाखसम्ममा फिक्स्ड ब्रोडब्याण्ड प्रयोग गर्ने ग्राहकको संख्या ३१ लाख ३२ हजार ३ सय ५० पुगेको हो । २०८१ चैत्रको तुलनामा ग्राहकको संख्या १ हजार ६ सय ९५ ले बढेको हो ।

३१ लाख ३२ हजार ३ सय ५० ग्राहक मध्ये ३१ लाख १ हजार १ सय ५७ ग्राहक एफटीटीएच प्रविधि सेवाका छन् भने २९ हजार ५ सय २७ ग्राहक रेडियो (वाईफाई) का छन्। बाँकि १ हजार ६ सय ६६ ग्राहक एडीएसएल केवल प्रविधिमा अधिरित सेवाका ग्राहक हुन् ।

कुल ३१ लाख ३२ हजार ३ सय ५० ग्राहक मध्ये वल्डलिंक कम्युनिकेशन एक्ल्यैसँग १० लाख ३ हजार ९ सय ४९ ग्राहक छन् । जुन कुल ग्राहक संख्याको ३२.०५ प्रतिशत हो। त्यस्तै दोस्रो नम्बरमा रहेको नेपाल टेलिकमसँग ३ लाख ५१ हजार ९ सय १२ ग्राहक छन्, जुन कुल ग्राहक संख्याको ११.२३ प्रतिशत हो। तेस्रो स्थानमा रहेको डिश मिडिया नेटवर्कसँग ३ लाख ५० हजार ४ सय ६ ग्राहक छन्, जुन कुल ग्राहक संख्याको ११.१९ प्रतिशत हो।

हेर्नुस् धेरै ग्राहक हुने १० इन्टरनेट सेवा प्रदायक : 

वल्डलिंक कम्युनिकेशन: १० लाख ३ हजार ९ सय ४९ ग्राहक (३२.०५ प्रतिशत)

नेपाल टेलिकम : ३ लाख ५१ हजार ९ सय १२ ग्राहक (११.२३ प्रतिशत)

डिश मिडिया नेटवर्क : ३ लाख ५० हजार ४ सय ६ ग्राहक (११.१९ प्रतिशत)

सुबिशु केवलनेट: ३ लाख १० हजार २ सय ९४ ग्राहक (९.९१ प्रतिशत)

भायानेट कम्युनिकेशन : २ लाख ४५ हजार ९ सय ४५ ग्राहक (७.८५ प्रतिशत)

क्लासिक टेक: १ लाख ८२ हजार ९ सय ८६ ग्राहक (५.८४ प्रतिशत)

वेबसर्फर : १ लाख ७६ हजार ६९ ग्राहक (५.६२ प्रतिशत)

टेक माइन्ड्स नेटवर्क: ८५ हजार ८ सय ९१ ग्राहक (२.७४ प्रतिशत)

सिजी कम्युनिकेशन : ८० हजार ८ सय ५४ ग्राहक (२.५८ प्रतिशत)

वाईफाई नेपाल : ७४ हजार २९ ग्राहक (२.३६ प्रतिशत)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व...

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बिहीबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

स्थानीयलाई बेनी हाइड्रोको आईपीओ: केहीले २१० कित्तासम्म पाउँदा ११४५ जना हात खाली

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको...
spot_img