Wednesday, June 24, 2026
spot_img

नेपालबाट भारतमा भइरहेको खाने तेलको निकासी प्रभावित हुने जोखिम

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा जेठ ८ गते चालु आर्थिक वर्षको १० महिनामा किर्तीमानी २ खर्ब १८ अर्बको वस्तु निर्यात भएको खुशी साटे । तस्बिर सहितको तथ्यांक राखेका उनले क्याप्समा ‘बितेको १० महिनामा गत वर्षको तुलनामा निर्यात ७३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा दुई खर्ब १८ अर्बको निर्यात भएको छ । अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौं’ भनेर लेखे ।

प्रधानमन्त्रीले फेसबुकमा राखेको उक्त विवरण भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कको अंश थियो । नेपालको निर्यात के कारणले बढिरहेको छ भन्ने सामान्य जानकारी राख्नेहरुले प्रधानमन्त्रीको उक्त फेसबुक पोस्टमा निर्यात दीर्घकालिन नहुने र अहिले कुनै भरपर्दो वस्तुको निकासी नबढेको तथ्य पेश गरेका थिए । जुन करिब ३ हप्तामै देखिन थालेको छ ।

किनकी, नेपालबाट हुने निर्यातको आँकडामा उछाल देखिनुमा भटमासको तेल र सुर्यमुखी तेलको हिस्सा बढी छ । चालु आर्थिक वर्षको १० महिना (साउनदेखि बैशाखसम्म)मा ७८ अर्ब १८ करोड रुपैयाँको भटमासको प्रशोधित तेल निकासी भएको छ भने १० अर्ब ९ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ । जबकी, गत आर्थिक वर्षभरीमा भटमासको तेल जम्मा १ अर्ब १८ करोडको र सुर्यमुखीको तेल १५ करोड १९ लाखको निर्यात भएको थियो ।

अहिले भारतले कच्चा खाद्य तेलको आधारभूत आयात शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि नेपालबाट हुँदै आएको प्रशोधित तेलको निकासी प्रभावित हुने देखिएको छ । भारतले ३० मे (१६ जेठ)देखि लागू हुनेगरी भटमास, सुर्यमुखी र पाम क्रुड तेलको आयात शुल्क घटाएको छ । जसले भारतीय उत्पादकहरुले सस्तोमा कच्चा पदार्थ आयात गरेर तेल उत्पादन गर्न सक्ने भएका छन् । जसका कारण भारतीय उत्पादकहरुले उत्पादन गर्ने खाने तेलको लागत सस्तो पर्न जान्छ ।

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका अध्यक्ष विकास दुगडका अनुसार अब कच्चा पदार्थ आयातमा भारतको र नेपालको भन्सार दर समान हुन पुगेको छ । जसका कारण यहाँबाट उत्पादन गरेर पठाउने तेलभन्दा भारतीय बजारमै उत्पादन भएको तेल सस्तो पर्ने भएकाले नेपालबाट भारतीय बजारमा पठाइने तेलले मूल्यमा प्रतिस्पर्धा गर्न कठिन हुने देखिएको उनको भनाइ छ ।

यता, सरकार पनि नेपाल र भारतको भन्सार दर कच्चा पदार्थमा समान हुँदा नेपालबाट भइरहेको प्रशोधित तेलको निर्यातमा प्रभाव पर्न सक्ने स्वीकार गर्छ । उद्योग मन्त्रालयका एक अधिकारीले भारतले कच्चा खाद्य तेलको आधारभूत आयात शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेसँगै नेपालका तेल उद्योगहरुले भारतीय बजारमा मूल्यमा प्रतिस्पर्धा गर्न कठिन देखिएको बताएका छन् ।

‘चालु आर्थिक वर्षको अहिले सम्मको निर्यातको तथ्याङ्क हेर्दा खाने तेलकै निकासी बढी छ, त्यसैले हाम्रो निर्यात पनि बढाएको हो’ ति अधिकारीले भने, ‘अब कच्चा पदार्थमा हामीले लगाएको भन्सार र भारतले लगाएको भन्सार बराबरी भयो । यसले नेपालबाट भइरहेको तेलको निर्यातलाई असर गर्छ भन्ने नै देखिन्छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...
spot_img