Wednesday, June 24, 2026
spot_img

‘ब्यापार घाटाको विकल्पमा आईटी सेवाको निर्यातलाई प्राथमिकता दिऔँ’

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले बढ्दो ब्यापार घाटा न्यूनिकरण गर्न सूचना प्रविधि सेवाको निर्यातले महत्वपूर्ण योगदान दिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको अन्तिम तयारीमा रहेको सरकार र अर्थ मन्त्रालयलाई निवर्तमान अध्यक्ष मल्लले सूचना प्रविधि (आईटी) सेवाको निर्यातलाई महत्व दिनुपर्ने सुझाव दिएका हुन् ।

‘नेपालले उचित नीतिहरू, पूर्वाधार र प्रतिस्पर्धात्मक नियमहरू बनाएमा हरेक वर्ष सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) सेवा निर्यात गर्न सक्छ’ मल्लले भनेका छन् ।

उनका अनुसार नेपालमा आईटी सम्बन्धि अध्ययन गरेका दक्ष जनशक्तिहरु भएको र स्व–अध्ययनमार्फत सीप हासिल गरेका धेरै युवा भएकाले सरकारले सूचना प्रविधि क्षेत्रको विकास र निर्यातलाई महत्व दिनुपर्छ । अंग्रेजी भाषमा राम्रो दक्षता राख्ने र तुलनात्मक रूपमा सस्तो जनशक्ति भएका कारण नेपाल आईटी र एआईको जनशक्ति ‘आउटसोर्सिङ’को लागि उपयुक्त गन्तव्य समेत बन्न सक्ने मल्लको भनाइ छ ।

विश्वभर नै सफ्टवेयर विकास, डेटा विश्लेषण, मेशिन लर्निङ र एआई सेवाको माग र आवश्यकता तीव्र रुपमा वृद्धि भइरहेको भन्दै उनले ‘अनलाइन रिमोट वर्क’ तथा ‘फ्रीलान्सिङ प्लेटफर्म’हरूले सेवा निर्यातलाई सहज बनाएको बताएका छन् ।

यसका लागि नेपालले स्पष्ट निर्यात नीतिहरू, बौद्धिक सम्पत्ति संरक्षण, कर छुट र स्टार्टअप मैत्री कानुन निर्माण गर्नुपर्ने मल्लको सुझाव छ । यस्तै, यी काम गर्नका लागि उच्च गतिको इन्टरनेट, नियमित बिजुली र क्लाउड सेवाको पहुँच आवश्यक हुने उनको सुझाव छ ।

यस्तै, प्राविधिक क्षेत्रमा लगानी आकर्षित गर्ने नीति, भेन्चर क्यापिटल र वैदेशिक लगानी प्रोत्साहन गर्नुपर्ने पनि मल्लको सुझाव छ । एआई, डेटा विज्ञान र व्यावहारिक सफ्टवेयर इन्जिनियरिङसँग मेल खाने पाठ्यक्रमहरूको विकास गरी विद्यालयहरुमा लागू गराउनुपर्ने पनि उनले सुझाव दिएका छन् ।

विदेशी कम्पनी, विदेशी विश्वविद्यालय र विदेशका सरकारहरूसँग पनि यसका लागि नेपाल सरकारले सहकार्य र सहयोग लिन सक्ने मल्लले बताएका छन् ।

यसका लागि नेपाललाई प्रतिस्पर्धात्मक लाभसमेत रहेको उनको निष्कर्ष छ । भारत, फिलिपिन्स वा पूर्वी युरोपको तुलनामा कम लागतमा दक्ष जनशक्ति नेपालमा रहेको भन्दै उनले युरोप तथा एशिया–प्यासिफिक क्षेत्रसँग अनुकूल समय भएकाले यो पनि नेपालको आईटी र एआई क्षेत्रको विकासका लागि लाभदायक समय रहेको बताइका छन् । यस्तै, विदेशमा रहेका नेपाली प्राविधिकहरूले ग्लोबल बजारमा सञ्जाल विस्तार गर्न सहयोग गर्न सक्ने भएकाले नेपालबाहिर रहेका नेपालीहरुलाई पनि यसमा जोड्न आवश्यक रहेको उनको सुझाव छ ।

मल्लका अनुसार कस्टम सफ्टवेयर, वेभ र मोबाइल एप्स निर्यात गर्न सकिनेछ । एआईतर्फ एमएल मोडेल निर्माण गरेर बेच्न सकिन्छ भने डेटा लेबेलिङ र एनोटेसन, बिजनेस प्रोसेस आउटसोर्सिङ र प्राविधिक सहयोग र क्लाउड सेवासमेत नेपालबाट विदेशमा बेच्न सकिने मल्लको सुझाव छ ।

यसले खाद्यान्न लगायतका वस्तु र अन्य सेवा आयातमा भइरहेको ब्यापार घाटा पूर्ति गर्न समेत मद्दत पुर्याउने उनको विश्वास छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...
spot_img