Thursday, May 7, 2026
spot_img
spot_img

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

spot_img
spot_img

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय राइड सेयरिङ एप याङ्गोबीच सहकार्य भएको छ । यस सहकार्यमार्फत याङ्गो एप अब नेपाली प्रयोगकर्ताले पनि उपयोग गर्न सक्ने भएका छन् ।

हाल ३० भन्दा बढी देशमा सञ्चालनमा रहेको याङ्गो अब ट्याक्सीमाण्डूको आधिकारिक साझेदार रूपमा नेपाल भित्रिएको हो । ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक अर्जुन केसीले अन्तर्राष्ट्रिय प्रविधिको अनुभव अब नेपाली यात्रु र चालकका लागि पनि उपलब्ध हुने बताएका छन् ।

४० रुपैयाँबाट राइड, ३ प्रतिशत मात्र कमिशन

मंगलबारदेखि सफ्ट लन्च गरिएको याङ्गो एपमार्फत बाइक राइड न्यूनतम ४० रुपैयाँ र ट्याक्सी राइड १८० रुपैयाँबाट सुरु हुनेछ । सुरुका दिनमा चालक र यात्रु दुवैका लागि बोनस योजना पनि लागु गरिएको छ । त्यसैगरी, अबका तीन वर्षसम्म ३ प्रतिशतभन्दा बढी कमिशन नलिने घोषणा गरिएको छ, जसले चालकहरूको आम्दानीमा ठुलो सहयोग पुग्ने विश्वास लिइएको छ ।

याङ्गोले आफ्नै सवारी नभई स्थानीय चालक र ट्याक्सी व्यवसायीलाई समेत प्रविधिमार्फत यात्रुसँग जोड्ने छ । याङ्गोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायो भन्छन्, “स्थानीय उद्यमीसँगको सहकार्यले आर्थिक अवसरहरू सिर्जना गर्नेछ र सहरको स्मार्ट मोबिलिटी पूर्वाधारमा योगदान पुग्नेछ ।’’

डिजिटल लेखा प्रणाली, रियल टाइम ट्रयाकिङ र फ्लिट व्यवस्थापनजस्ता फिचरले पारदर्शिता र दक्षता दुवै बढाउने ट्याक्सीमाण्डुका प्रबन्ध निर्देशक केसीले बताए । यात्रु र चालक दुवैको सुरक्षा सुनिश्चित गर्न याङ्गो एपमा २० भन्दा बढी सुरक्षा फिचरहरू समावेश गरिएको छ । एपमार्फत यात्राको गन्तव्य अनुसार स्वचालित रूपमा अनुमानित भाडा देखिनेछ र हाललाई नगद भुक्तानीको व्यवस्था गरिएको छ । निकट भविष्यमा अनलाइन भुक्तानी प्रणाली पनि थपिनेछ ।

याङ्गो एक विश्वव्यापी प्रविधि कम्पनी हो, जसले अफ्रिका, ल्याटिन अमेरिका, युरोप र दक्षिण एशिया लगायतका क्षेत्रमा राइड, डेलिभरी, फूडटेक तथा डिजिटल सेवा प्रदान गर्दै आएको छ । अब यही प्रविधि नेपाली प्रयोगकर्ताको हातमा आइपुगेको हो ।

ट्याक्सीमाण्डूका प्रबन्ध निर्देशक केसीका अनुसार अब ट्याक्सी चालक र बाइक राइडरहरूले घरमै बसेर क्यूआर कोड स्क्यान गरेर सहज रूपमा आफूलाई दर्ता गर्न सक्ने सुविधा सुरु गरिएको छ । यसो हुँदा चालकहरूलाई कार्यालय जानुपर्ने आवश्यकता हटाइएको छ, उनीहरुको समय र खर्च दुवै बचाउने उनले बताए । राइडर वा चालकले मोबाइलमा स्क्यान गरेर सिँधै एपमार्फत आवश्यक विवरण भरेपछि केही मिनेटमै प्रोफाइल एक्टिभ हुने व्यवस्थामा यसमा मिलाइएको छ ।

प्रत्येक ट्रिपमा बोनस पनि

हालका लागि ट्याक्सीमाण्डू–याङ्गोले केवल ३ प्रतिशत मात्रै कमिशन लिने भएको छ । यो कमिशन दर हाल नेपालमा उपलब्ध राइड सेयरिङहरुमै सबैभन्दा कम हो । साथै, प्रत्येक ट्रिपमा चालक र राइडरले बोनस पनि प्राप्त गर्ने व्यवस्था गरिएको छ, जसले चालकको आम्दानी र राइडरलाई सहुलियत दिनमा प्रत्यक्ष सहयोग पुग्नेछ । याङ्गो सेवाको सहज पहुँचका लागि हाल १० भन्दा बढी एजेन्सीहरूमार्फत् बजारमा सेवा उपलब्ध गराइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि...

सरकारले लिने हाइड्रो आयोजना संचालनको लागि छुट्टै ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ खुल्ने

लाइसेन्स अवधि सकिएपछि सरकारले लिने जलविद्युत आयोजना संचालन र...

को बन्दैछ महासंघको वरिष्ठ उपाध्यक्ष ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनको गृहकार्य सुरु...

कामना सेवा विकास बैंकद्वारा जनकल्याण आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व...

नीभ कर्पोरेशनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

नीभ कर्पोरेशन लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img