नेपालले हालसम्मको इतिहासिमै चमत्कारिक बैदेशिक ब्यापार गर्दा १० महिनाको अवधिमा २ खर्ब १७ अर्बको वस्तु निर्यात गरेको छ । चालु आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाखको वस्तु आयात गर्दा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख बराबरको वस्तु निर्यात गरेको हो । नेपालबाट भएको निकासी हालसम्मकै उच्च हो ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो १० महिनाको बैदेशिक ब्यापारको तथ्यांक अनुसार नेपालबाट सबैभन्दा धेरै सोयाबिन तेल (भटमासको तेल) निर्यात भएको छ । पछिल्लो १० महिनामा मात्रै ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजार बराबरको सोयाबिन तेल निर्यात भएको छ । यस्तै, दोस्रो नम्बरमा सनफ्लावरको तेल छ । पछिल्लो १० महिनामा १० अर्ब ९ करोड ४९ लाख ५८ हजार बराबरको सनफ्लावर तेल निर्यात भएको छ ।
तेस्रो नम्बरमा रहेको कार्पेट ८ अर्ब ८४ करोड ७० लाख ६३ हजारको निकासी हुँदा चौथो नम्बरमा रहेको अलैँची ६ अर्ब ६७ करोड २२ लाख १४ हजारको निर्यात भएको छ ।
नेपालबाट निकासी हुने वस्तुको ८ नम्बरमा धागो छ । १२औँ नम्बरमा छुर्पी रहेको छ । पछिल्लो १० महिनामा ३ अर्ब ४९ करोड १२ लाख बराबरको छुर्पी निर्यात भएको छ ।
यी हुन् नेपालबाट निकासी हुने मुख्य वस्तुः














