Wednesday, June 24, 2026
spot_img

वैदेशिक ब्यापारमा नेपालको निकासी हालसम्मकै उच्च, १० महिनामै २ खर्ब १७ अर्बको वस्तु निर्यात

spot_img
spot_img

नेपालको वैदेशिक ब्यापार घाटामा उल्लेख्य सुधार देखिएको छ । खासगरी, सुस्त रहँदै आएको निर्यात पछिल्लो १० महिनामा उल्लेख्य रुपमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिना (साउनदेखि बैशाखसम्म)मा २ खर्ब १७ अर्ब ९१ करोड १० लाख बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो भनेको गत आर्थिक वर्षको यहीँ अवधिको तुलनामा ७२.७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब १७ करोडको मात्रै निर्यात भएको थियो ।

तीन वर्षअघि १२ महिना (एक वर्ष)मा २ खर्बको निर्यात भएकोमा यसवर्ष १० महिनामै नेपालको निकासी २ खर्ब नाघेको हो । यो हालसम्मकै उच्च हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा आयात भने गत वर्षको १० महिनाको तुलनामा १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख पुगेको छ । यस अवधिमा नेपालको ब्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । निर्यात बढेपनि गत आर्थिक वर्षको १० महिनाको तुलनामा नेपालको ब्यापार घाटा ६.७२ प्रतिशतले बढेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...
spot_img