Thursday, May 7, 2026
spot_img
spot_img

गैरआवासीय नेपालीलाई ठूला पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको ठूला पूर्वाधारमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । गैर–आवासीय नेपाली संघको आयोजनामा काठमाडौंमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ अन्र्तगत ‘पोलिसिज एण्ड प्लेटफर्म क्रियटिङ इनेबलिङ एण्ड इन्भायरोन्मेन्ट फर डायस्पोरा इन्भेष्टमेन्ट’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

विश्वभरि फैलिएको नेपाली डायस्पोरा विशेषज्ञता, नवीनता र वित्तीय पूँजीको आधार भएको उल्लेख गर्दै अध्यक्ष ढकालले एकजुट भएर नेपालका केही गर्न सुझाव दिएका हुन् । ‘एनआरएनए अलग अलग होईन एकजुट भएर जानु पर्दछ, नेपालीहरु जहाँपनि राजनीति गर्छन् भन्ने सन्देश प्रवाह भएको छ, यो सकारात्मक होईन’ उनले भने, ‘यसलाई चिर्दै एकताबद्ध भएर अगाडि बढ्न आग्रह सहित शुभकामना दिन्छु ।’

एनआरएनले उठाएका मुद्दाहरूमा महासंघले समर्थन गर्दै आएको चर्चा गर्दै अध्यक्ष ढकालले गैरआवासीय नेपालीलाई अधिकार मात्र नखोजेर देशप्रतिको कर्तव्यलाई पनि सम्झेर काम गर्न अनुरोध गरेका छन् ।

‘म विदेश यात्राका क्रममा डायस्पोराबाट कहिलेकाँही नकारात्मक टिप्पणी सुन्ने गरेको छु । अमेरिका, अष्ट्रेलिया, कोरियाको तुलनामा हाम्रो देशमा कम विकास भएको छ । तर हामीले केवल आलोचना मात्रै गर्ने कि नेपालको आर्थिक भविष्यको लागि साझा दृष्टिकोण बनाएर काम गर्न भन्ने हो ?’ प्रश्न गर्दै अध्यक्ष ढकालले भने, ‘त्यसैले म एनआरएनएहरुसंगको अनुभव, पूँजी, सीप र प्रविधिलाई नेपालमा प्रयोग गरेर नेपाललाई पनि अरु देश जस्तै समृद्ध मुलुक बनाउन काममा सहयोग गर्न आग्रह गर्दछु ।’

नेपालमा लगानी गर्न एनआरएन इन्भेस्टमेन्ट कम्पनी स्थापना भएपनि पछि एनआरएनए लगानीकर्ताको स्वामित्व परिवर्तन भएको र कम्पनीले प्रतिफल दिन नसकेको भन्दै उनले स्थापित कम्पनीलाई उद्देश्य अनुरुप अगाडि बढाउन सुझाव दिपनि दिए ।

उनले नेपालको पूर्वाधार विकासका लागि उद्योग वाणिज्य महासंघको पहलमा १० अर्ब पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरि काम भइरहेको जानकारी दिँदै एनआरएनएहरुलाई पनि कम्पनीमा सहभागी हुन आह्वान पनि गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम...

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि...
spot_img