Wednesday, June 24, 2026
spot_img

बोरामै मूल्य लेख्नुपर्ने प्रावधानपछि किन एकाएक बढ्यो सिमेन्टको भाउ ?

spot_img
spot_img

उद्योगीहरुले फेरि सिमेन्टको मूल्य बढाएका छन् । यसअघि उद्योगमा हुँदै आएको लोडसेडिङ कम भएर उत्पादन लागत कम हुन जाँदा मूल्य समायोजन गरेर केही मूल्य घटाएका उद्योगीहरुले अहिले फेरि सिमेन्टको भाउ बढाएका हुन् ।

यसअघि प्रतिबोरा (५० किलोग्राम) अधिकतम् ७५० रुपैयाँ रहेको ओपीसी सिमेन्टको मूल्य अहिले ७७० रुपैयाँ आसपास पुगेको हो ।

यता, निर्माण व्यवसायीहरुले भने उत्पादन नै घटाएर उद्योगीहरुले मूल्य बढाएको आरोप लगाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट उद्योगीहरुले उत्पादन कटौती गरेर सिमेन्टको मूल्य बढाएको आरोप लगाएका छन् ।

उनका अनुसार डण्डीको मूल्य पनि प्रतिकिलो ८७ रुपैयाँबाट बढेर ९० रुपैयाँ पुगेको छ ।

एमआरपी अनिवार्य भएपछि मूल्य बढ्यो

अहिले वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागले सबै खाले वस्तुको प्याकेट (प्याकेजिङ)मै मूल्य टाँसेर मात्रै बजारमा पठाउनुपर्ने बाध्यकारी प्रावधान ल्याएको छ । सिमेन्ट र डण्डी जस्ता निर्माण सामग्रीमा यो प्रावधान लागू गर्न नसकिने उद्योगीहरुको अडान थियो । तर, विभागले विभागले बैशाख १ गतेदेखि सिमेन्टको हकमा उद्योगहरुले फ्याक्ट्री गेट प्राइस (एफजीपी) अर्थात् कारखाना मूल्य राखेर सिमेन्ट बजारमा पठाउनुपर्ने वा ढुवानी तथा अन्य खर्च जोडेर डिलरहरूले अधिकतम खुद्रा मूल्य (एमआरपी) तय गरेर लेवल लगाउनुपर्ने प्रस्ताव गरेको थियो ।

उद्योगीहरुले भने ठाउँ अनुसार (उद्योगबाट दूरी अनुसार) फरक फरक मूल्य तय हुन सक्ने भन्दै एमआरपीभन्दा एफजीपीमा सहमति जनाएका थिए ।

तर, अहिले लगत्तै मूल्य बढेको छ । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष तथा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारुले पनि सिमेन्टको भाउ बढेको स्वीकार गर्दै यसका पछाडी विभिन्न कारणहरु रहेको बताएका छन् । का अनुसार उद्योगहरुमा लोडसेडिङ पहिलाकै अवस्थामा आएको र उद्योगमा बिजुली कटौती हुन थालेपछि लागत बढ्न जाँदा मूल्य पनि केही मात्रामा बढेको हो ।

तर, उद्योगीहरु भने कुनै एक ब्राण्डको मूल्यलाई हेरेर सबै सिमेन्टको भाउ प्रतिबोरा ७७० रुपैयाँ पु¥याइयो भन्न नमिल्ने बताउँछन् । उद्योगैपिच्छे समस्या फरक फरक हुन सक्ने र लागत पनि फरक फरक पर्न सक्ने भएकाले सिमेन्ट मात्रै अन्य निर्माण सामग्रीको भाउ पनि ब्राण्ड र उत्पादक अनुसार भिन्न भिन्न रहेको उद्योगीहरुको भनाइ छ । अहिले ब्राण्ड अनुसार ओपीसी सिमेन्टको फ्याक्ट्री गेट प्राइस प्रतिबोरा ६७५ रुपैयाँदेखि ७७० रुपैयाँसम्म छ ।

यता, उपभोक्ता अधिकारकर्मीहरुले भने प्रतिबोरा ४५० रुपैयाँ पर्ने सिमेन्टको मूल्य ७७० रुपैयाँसम्म पु¥याएर उद्योगहरुले मनोमानी गरिरहेको आरोप लगाएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...
spot_img