Wednesday, June 24, 2026
spot_img

आईपीओको तयारीमा रहेको राजेश मेटल क्राफ्ट्सको आम्दानी ४ अर्ब, ऋण बढ्यो

spot_img
spot_img

आईपीओ निष्काशनको तयारीमा रहेको राजेश मेटल क्राफ्ट्स लिमिटेडले गत वर्ष ४ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले व्यवसायबाट आर्थिक वर्ष सन् २०२४ मा ४ अर्ब ७ करोड ३० लाख आम्दानी गरेको हो।

माग र बिक्रीमा आएको कमीको कारण कम्पनीको आम्दानी भने घटेको छ। सन् २०२२ मा कम्पनीको आम्दानी ८ अर्ब ५६ करोड रहेकोमा आर्थिक वर्ष २०२३ मा घटेर ४ अर्ब ४५ करोड पुगेको थियो। सन् २०२४ मा अझै घटेर ४ अर्ब ७ करोड मात्र कायम भएको छ। आर्थिक वर्ष सन् २०२५ को पहिलो ६ महिनामा भने कम्पनीको बिक्री बढेर आम्दानी २ अर्ब ६३ करोड पुगेको छ।

यो कम्पनी आरएमसी ग्रुप अन्तर्गतको कम्पनी हो । कम्पनीको सम्पूर्ण शेयर स्वामित्व राजेश कुमार अग्रवाल र विष्णु कुमार अग्रवालसँग रहेको छ।  कम्पनीले स्टील, स्टील पाता, तथा स्टील पाएपहरु उत्पादन गर्दै आएको छ।

सन् १९९२ मा पब्लिक कम्पनीको रुपमा दर्ता भएको यो कम्पनी सन् २०१६ मा प्रालि बनेको थियो । अब फेरि पब्लिक कम्पनी बनेर शेयर निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीको गत पुस २५ गते सम्पन्न साधारणसभाले बुक विल्डिंग विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

कम्पनीले टिनको कन्टेनर निर्माताको रूपमा व्यवसाय सुरु गरेकोमा पछि आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गरी अहिले पाइप, सिट, शटर, र पोलजस्ता १७ भन्दा बढी विभिन्न प्रकारका मेटल उत्पादनहरू गरिरहेको छ। आईपीओ निष्काशनबाट ऋण घटाउने र व्यवसाय विस्तार गर्ने कम्पनीको योजना छ । आर्थिक वर्ष सन् २०२४ को अन्त्यसम्ममा कम्पनीको ऋण १ अर्ब १३ करोड रहेको छ । अघिल्लो वर्ष कम्पनीको ऋण २५ करोड ९० लाख मात्र थियो ।

कम्पनीको कारखाना बारा जिल्लाको सिमरास्थित चोरनीमा अवस्थित छ, जुन वीरगन्ज-रक्सौल भन्सार, भारत-नेपाल सीमाबाट करिब २० किलोमिटर टाढा छ। कम्पनीलाई आवश्यक पर्ने अधिकांश कच्चा पदार्थ भारतबाट आयात हुन्छ, कम्पनीको कारखाना भन्सार नजिकै हुनुले ढुवानी लागतमा बचत भएको छ । कारखानाको भारतीय सीमासँगको निकटताले निर्यातलाई पनि सहज बनाएको छ।

इन्फोमेरिक्सले हालै कम्पनीको रेटिंग गरेर कम्पनीलाई BBB+ को रेटिंग प्रदान गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...
spot_img