Wednesday, June 24, 2026
spot_img

सोलार ठेक्का विवादः अन्तरिम आदेश खारेज, एलओआई पाएकालाई काम गर्ने बाटो खुल्यो

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादनको ठेक्का पक्रियाको विवादमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी नहुने आदेश सुनाएको छ । आज न्यायधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलाशले अन्तरिम आदेश जारी नहुने आदेश सुनाएको हो ।

यस अघि अदालतले सम्पूर्ण ठेक्का प्रक्रिया अगाडी नबढाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । तर, सो अन्तरिम आदेशलाई चुनौती दिँदै ठेक्का पाउन लागेको पक्ष पनि अदालत पुगेको थियो ।

ठेक्का पाउन लागेकामध्ये २ वटा कम्पनी अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै अदालत गएका थिए । टेरा सोल ईनर्जी कम्पनी र सोलाएरिस ईनर्जी प्रा.लि.ले उच्च अदालत पाटन मै मङ्सिर ४ गते मुद्दा दर्ता गरेका थिए । उनीहरुले सरोकारवाला कायम गराई पाउँ भन्ने आदेश माग गरेकोमा आजको संयुक्त इजलाशले निवेदकको माग बमोजिम हुने अन्तिम आदेश सुनाएको छ ।

अदालतले यसअघि ठेक्का प्रक्रिया अगाडी नबढाई यथास्थितिमा राख्न अन्तरिम आदेश दिएकोमा आज अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो । यससँगै अब प्राधिकरणले प्रदान गरेको लेटर अफ इन्टेन्ट–एलओआई (आशयपत्र) अनुसार ठेक्का पाउन लागेका कम्पनीले काम सुरु गर्ने बाटो खुलेको छ । लिखित आदेश भने आइतबार मात्रै आउने देखिएको छ ।

यस अघि उच्च अदालत पाटनले सौर्य उर्जा उत्पादनको ठेक्का पक्रिया रोक्न नेपाल विद्युत प्राधिकरणलाई अन्तरिम आदेश दिएको थियो । टेण्डर प्रक्रियामा चलखेल भएको दाबी गर्दै उच्च अदालत पाटनमा छुट्टाछुट्टै दुई वटा मुद्दा परेका थियो । ति मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले ठेक्का प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो ।

ठेक्का प्रक्रियामा चलखेल भएको भन्दै कार्तिक २१ गते सस्टेनेबल इनर्जी भेन्चर्स प्रा.लि.ले अदालतमा मुद्दा दायर गरेको थियो । त्यस्तै कार्तिक २७ गते सस्टेनेबल इनर्जी भेन्चर्स प्रा.लि. र यम्ब्लिंग हाइड्रोपावर लिमिटेड जे.भी.ले संयुक्त रुपमा मुद्दा दायर गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...
spot_img