६० दिनभित्र पैसा नतिरे फेरि लाइन काट्ने कुलमानको चेतावनी

spot_img
spot_img

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन सुविधा लिएका उद्योगले ६० दिनभित्र बक्यौता महसुल नतिरे पुनः लाइन काट्नुको विकल्प नभएको बताएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा प्रबन्ध निर्देशक घिसिङले बक्यौता महशुल भुक्तानी गर्ने शर्तमा उद्यमेगमा काटिएको लाइन जडान गरिएको स्मरण गराउँदै तोकिएको अवधिमा महशुल दाखिला नगरे पुनः लाइन काट्नुपर्ने बताएका हुन् ।

प्राधिकरणले यसअघि असार २५ यता रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिलको लाइन काटिदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि साउन ८ गते बसेको विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको थियो ।

‘६० दिनभित्र महसुल तिरेन भने लाइन कट्नुको विकल्प हुँदैन, लाइन काट्न अवरोध हुँदा बक्यौता बढिरहेको छ’ कुलमानले भने, ‘३४१ उद्योगहरूले डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका छन्, यीमध्ये सरकारी उद्योगहरूले महशुल तिरेका छन्, डाबर नेपाल र सूर्य नेपालले लगातार महशुल तिरिरहेका छन् । ६१ वटा उद्योगसँग मात्रै महुशल नलिने हो भने विगतमा तिरेकाको पैसा फिर्ता गर्नुपर्छ ।’

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेको बेन्चमार्क इन्डेक्सको रुपमा NBI विकास गरिँदै, एक वर्षभित्रै दुई इन्डेक्सको गणना सँगै

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (Benchmark...

८ वर्षमा चार वटा हिमतालको सतह घटाउने तयारी, साढे ७ अर्ब भन्दा धेरै खर्च हुने

सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र...

असोजमा ५ अर्ब ९२ करोडको बिजुली भारतमा बिक्री, थप ३१ मेगावाट निर्यातको अनुमति

नेपाल विद्युत प्राधिकरणले असोज महिनामा ५ अर्ब ९२ करोड...

दशैँ लगत्तै सुनको भाउमा भारी गिरावट

दशैँ बिदाको अवधि पश्चात आज आइतबार सुनको भाउ तोकिएको...

बिहिबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, २९ जिल्ला प्रभावित हुने

बिहिबारदेखि ३ दिनसम्म नेपालका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको...

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले मिति कार्तिक ९ गतेदेखि सुरु हुने...