दोर्दी खोला जलविद्युत कम्पनीले ३० मेगावाट क्षमताको म्याग्दी खोला ए जलविद्युत आयोजना निर्माणको लागि उत्पादन लाईसेन्स पाएको छ। विद्युत विकास विभागले माघ ९ गते गते कम्पनीलाई आयोजनाको उत्पादन लाईसेन्स दिएको हो। विभागले ३५ वर्ष अवधिको लाईसेन्स दिएको हो ।
यो आयोजना म्यादी जिल्लाको धौलागीरी गाउँपालिका स्थित म्याग्दी खोलामा बन्ने छ । विद्युत उत्पादनको लागि म्याग्दी खोलाको पानी फर्काउन बनाइने बाँधको कूल लम्बाई १५ मी. र उचाई ८.० मी. को हुनेछ । बाँध रहने स्थानको Weir Crest Level समुन्द्री सतहबाट ३२२६.५० मी. उचाईमा रहनेछ । बाँधसँगै म्याग्दी खोलाको दाँया किनारमा २.८५ मी. चौडाइ र १.३ मी. उचाईको २ वटा Side Intake हुनेछ । Side Intake बाट आउने पानीलाई ६ मी. लामो Gravel Trap हुँदै Settling Basin सम्म पुऱ्याइनेछ । Settling Basin ५४ मी. लामो, ७.५ मी. चौडाई र २.९५ मी. गहिरो हुनेछ । त्यसपछी ३ मी. x ३ मी. D-Shaped र ४७६० मी. लम्बाइको हेडरेस सुरुङ्ग हुँदै पानीलाई ५ मी. व्यास र ३० मी. लम्बाई भएको सर्ज ट्यांकसम्म पुऱ्याइनेछ । उक्त Surge Tank बाट ७३२ मि. ( सतही) र ३१९ २७ मि. ( भूमिगत ) लम्बाई र १. ३ व्यास भएको Penstock Pipe मार्फत ३२ मि. लम्बाई, १४ मि. चौडाई र १७ मि. उचाई भएको भूमिगत विद्युतगृह (Powerhouse) मा पु-याइनेछ ।
विद्युत गृहमा जडित २ वटा Horizontal Axis Pelton Turbine (प्रत्येक युनिट १५ मेगावाट) र २ वटा Three Phase Generator मार्फत ३० मेगावाट विद्युत उत्पादन गरिनेछ । त्यहाँबाट निस्केको पानीलाई २४५ मि. लम्वाईको Tailrace Tunnel मार्फत् पुनः म्याग्दी खोलामा छाड्ने प्रबन्ध मिलाइनेछ । Tailwater level २५१५.८५ masl कायम गरिनेछ । विद्युत गृह नजिकै Outdoor Switchyard निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत २५ कि. मि. लामो प्रसारण लाईनमार्फत् नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाईनमा प्रवाह गरिनेछ ।
आयोजनाबाट वार्षिक सरदर १७७.०९८ गिगावाट घण्टा विदुयुत उत्पादन हुनेछ ।












