Friday, July 3, 2026
spot_img

दोर्दी खोलाले पायो ३० मेगावाटको म्याग्दी खोला ए जलविद्युत आयोजनाको उत्पादन लाईसेन्स

spot_img

दोर्दी खोला जलविद्युत कम्पनीले ३० मेगावाट क्षमताको म्याग्दी खोला ए जलविद्युत आयोजना निर्माणको लागि उत्पादन लाईसेन्स पाएको छ। विद्युत विकास विभागले माघ ९ गते गते कम्पनीलाई आयोजनाको उत्पादन लाईसेन्स दिएको हो। विभागले ३५ वर्ष अवधिको लाईसेन्स दिएको हो ।

यो आयोजना म्यादी जिल्लाको  धौलागीरी गाउँपालिका स्थित म्याग्दी खोलामा बन्ने छ । विद्युत उत्पादनको लागि म्याग्दी खोलाको पानी फर्काउन बनाइने बाँधको कूल लम्बाई १५ मी. र उचाई ८.० मी. को हुनेछ । बाँध रहने स्थानको Weir Crest Level समुन्द्री सतहबाट ३२२६.५० मी. उचाईमा रहनेछ । बाँधसँगै म्याग्दी खोलाको दाँया किनारमा २.८५ मी. चौडाइ र १.३ मी. उचाईको २ वटा Side Intake हुनेछ । Side Intake बाट आउने पानीलाई ६ मी. लामो Gravel Trap हुँदै Settling Basin सम्म पुऱ्याइनेछ । Settling Basin ५४ मी. लामो, ७.५ मी. चौडाई र २.९५ मी. गहिरो हुनेछ । त्यसपछी ३ मी. x ३ मी. D-Shaped र ४७६० मी. लम्बाइको हेडरेस सुरुङ्ग हुँदै पानीलाई ५ मी. व्यास र ३० मी. लम्बाई भएको सर्ज ट्यांकसम्म पुऱ्याइनेछ । उक्त Surge Tank बाट ७३२ मि. ( सतही) र ३१९ २७ मि. ( भूमिगत ) लम्बाई र १. ३ व्यास भएको Penstock Pipe मार्फत ३२ मि. लम्बाई, १४ मि. चौडाई र १७ मि. उचाई भएको भूमिगत विद्युतगृह (Powerhouse) मा पु-याइनेछ ।

विद्युत गृहमा जडित २ वटा Horizontal Axis Pelton Turbine (प्रत्येक युनिट १५ मेगावाट) र २ वटा Three Phase Generator मार्फत ३० मेगावाट विद्युत उत्पादन गरिनेछ । त्यहाँबाट निस्केको पानीलाई २४५ मि. लम्वाईको Tailrace Tunnel मार्फत् पुनः म्याग्दी खोलामा छाड्ने प्रबन्ध मिलाइनेछ । Tailwater level २५१५.८५ masl कायम गरिनेछ । विद्युत गृह नजिकै Outdoor Switchyard निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत २५ कि. मि. लामो प्रसारण लाईनमार्फत् नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाईनमा प्रवाह गरिनेछ ।

आयोजनाबाट वार्षिक सरदर १७७.०९८ गिगावाट घण्टा विदुयुत उत्पादन हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img