कालिका पावर कम्पनी लिमिटेडमा २.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या ६ रहेको छ। जसमा व्यवसायी बिक्रम पाण्डे र उनको परिवारसँग गरि कुल ५२.५ प्रतिशत भन्दा धेरै शेयर स्वमित्व रहेको हो ।
यो कम्पनीको २०८२ असारसम्मको तथ्यांक अनुसार हो। जस अनुसार कम्पनीमा बिक्रम पाण्डेको सर्वाधिक ४२ प्रतिशत शेयर स्वामित्व रहेको छ, त्यस्तै उनकी पत्नी पार्वती पाण्डेको ३.५० प्रतिशत तथा उनीहरुको छोरा निकोलस पाण्डेको ७ प्रतिशत शेयर स्वामित्व रहेको छ। यसरी बिक्रम पाण्डे र उनको परिवारसँग गरि कुल ५२.५ प्रतिशत भन्दा धेरै शेयर स्वमित्व रहेको हो । राप्रपा उपाध्यक्ष रहेका पाण्डे पूर्व मन्त्री तथा निवर्तमान सांसद समेत हुन् ।
त्यस्तै कम्पनीमा युब बहादुर क्षेत्रीको ७ प्रतिशत तथा पदम गुरुङको २.६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
कम्पनीले हिजो सोमबार आर्थिक वर्ष २०८१/८२ को साधारणसभा सम्पन्न गरेको छ जसबाट कम्पनीले ७ प्रतिशत बोनस शेयर पारित गरेको छ ।
कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाँऊपालिका तत्कालीन मुच्चोक तथा सौरपानी गा.वि.स.हरु बीच भएर बहने दरौदी खोलाबाट ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७३ मङ्सिर देखि विद्युतको ब्यापारिक उत्पादन गरिरहेको छ।









