बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको कार्तिक १७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले आपनो उद्धेश्य बमोजिम कम्पनीको दायित्व भुक्तानी गर्न तथा जलविद्युत आयोजनामा लगानी कम्पनीको हाल कायम रहेको चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको हो। नियमनकारी निकायबाट स्वीकृती भएपश्चात कम्पनीको आगामी साधारण शभामा हकप्रद प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ।













