Thursday, March 12, 2026

पन्चकन्याका दुइ उद्योगले तिरे महशुल, जोडियो बिजुली

spot_img
spot_img

पन्चकन्या ग्रुप अन्तर्गतका दुइ उद्योगले डेडिकेटेड तथा ट्रंकलाइन बापतको विवादित प्रिमीयम महशुलको पहिलो किस्ता बुझाएका छन् । भैरहवास्थित पञ्चकन्या प्लाष्टिक उद्योग र पञ्चकन्या स्टील इण्डष्ट्रिजले बक्यौताको पहिलो किस्ता नेपाल विद्युत प्राधिकरणमा दाखिला गरेका हुन् ।

पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार पञ्चकन्या प्लाष्टिक उद्योगको पहिलो किस्ताबापत ७७ हजार ९७५ रुपैयाँ र पञ्चकन्या स्टील इण्डष्ट्रिजको पहिलो किस्ताबापत १ लाख ८६ हजार ४०५ रुपैयाँ बुझाइएको छ । महशुलको पहिलो किस्ता तिरेपछि दूबै उद्योगमा लाइन जोडिएको प्राधिकरणले जनाएको छ ।

यद्यपी, पन्चकन्या समूहले ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेको स्वीकार गरेर महशुल नबुझाइएको बताएको छ । पञ्चकन्या ग्रुपका महाप्रबन्धक साहुले न्यायिक प्रक्रियालाई निरन्तरता दिँदै उद्योग सञ्चालन गर्ने मनशायका साथ पहिलो किस्ता तिरिएको बताए ।

‘हामीले शुक्रबार विद्युत नियमन आयोगमा उजुरी दर्ता गरायौँ, उसले ९० दिनभित्र फैसला दिन्छ । उसको फैसला चित्तबुझ्दो आयो भने ठिकै छ, नभए अदालत जाने बाटो छँदैछ’ साहुले भने, ‘अब ९० दिनसम्म उद्योग बन्द राखेर बस्न त सकिँदैन । त्यसमाथि राष्ट्रिय गौरवका आयोजनाहरुले अर्डर गरेका सामान दिने तालिका बनाइएको हुन्छ उद्योगमा, त्यो अर्डर समयमै दिनुपर्ने हाम्रो दायित्व पनि हो । त्यसकारण उद्योग पनि चलाउने र न्यायिक प्रक्रिया पनि सँगसँगै अघि बढाउने भनेर पहिलो किस्ता तिरेका हौँ । ट्रंक लाइनमार्फत बिजुली बालेको स्वीकार गरेका होइनौँ ।’

समूहबाट बिदामा राखिएका १२ सय जना कर्मचारी तथा श्रमिकहरु प्रतिको दायित्व बोध गरेर पनि उद्योग बन्द राख्न नसकिएको पन्चकन्याका महाप्रबन्धक साहु बताउँछन् । ‘कर्मचारीहरुलाई अहिले तलब दिने गरी बिदामा राखिएको भएपनि लामो समय उद्योग नचल्दा भार थेग्न मुस्किल हुन्थ्यो, कर्मचारीहरुबाट पनि काम नगरी तलब मात्रै लिने कुरा चित्तबुझ्दो भएन, उद्योग चलाउने वातावरण बनाउन अनुरोध आइरह्यो’ उनी भन्छन्, ‘हामी उद्योग चलाउनकै लागि बसेका हौँ, हड्ताल गर्न बसेका होइनौँ । त्यसपछि यो विकल्पमा गयौँ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

अर्थमन्त्री खनाल र निजी क्षेत्रबीच छलफल

अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाका...

नेप्सेमा सोलु हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

फिच रेटिङले भन्यो ‘रास्वपा सरकार बनेपछि लगानी वातावरण थप अनुकूल बन्नसक्छ’

फिच रेटिङ्सले नेपालको हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र...

फेक ‘रेस्क्यु’मा संलग्न थप एक जना पक्राउ

 नेपाल प्रहरीले फेक ‘रेस्क्यु’मा संलग्न थप एक जनालाई पक्राउ...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका, एक्सचेन्ज क्याम्प सुरु

नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी का...

२२.५ मेगावाटको माथिल्लो ठूलोखोला आयोजना निर्माण सम्पन्न, परीक्षण उत्पादन सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको...
spot_img