डेडिकेटेड ट्रंकलाइन विवादः उद्योगहरुलाई २८ महिने किस्ताबन्दीको सुविधा दिने प्राधिकरणको निर्णय

spot_img

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली उपयोग गरेका तर, बक्यौता तिर्न बाँकी उद्योगीहरुलाई २८ महिनाको किस्ताबन्दीको सुविधा दिने निर्णय गरेको छ ।

बिहीबारको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुलाई २८ किस्तामा तिर्न सक्ने गरि किस्ताबन्दीको सुविधा दिने निर्णय गरेको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।

यता, उद्योगीहरुले भने प्राधिरकणले सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मन्त्रिपरिषदले समेत लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्ने निर्णय गरिसकेको अवस्थामा प्राधिकरणले पूरानै शैलीमा बिना प्रमाण बिल तिर्न आउनु भन्दै पत्राचार गरेको उद्योगीहरुको गुनासो छ ।

प्राधिकरणले भने ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार उद्योगहरुबाट बाँकी बक्यौता उठाउन निर्देशनसहितको पत्र आएपछि २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीहरुलाई पत्र पठाइएको बताएको छ । प्राधिकरणले असार ९ र १० गते विभिन्न उद्योगहरुलाई ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बक्यौता तिर्न १५ दिनको ‘अल्टिमेटम’सहित पत्र पठाएको थियो ।

१५ दिनभित्र बक्यौता दाखिला गर्नु भनिएकोमा उद्योगीहरुले अटेर गरेपछि प्राधिरकणले फेरि लाइन काट्न थालेको छ । प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टीलको विद्युत लाइन काटिसकेको छ ।

प्राधिकरणले धमाधम लाइन काट्न थालेपछि उद्योगीहरुले सरकारले गठन गरेको न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर प्राधिकरणले उद्योगीहरुलाई तर्साउने र धम्काउने काम गरेको टिप्पणी गरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...

एनएमबि बैंकको लाभांश घोषणा

एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज...