Wednesday, July 8, 2026
spot_img

पीपीपी मोडलमा बझाङ-बनलेक-दोदोधारा प्रसारणलाइन बनाउन प्रस्ताव आह्वान

spot_img

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले बझाङ-बनलेक-दोदोधारा ४०० केभी विद्युत प्रसारण लाइन सार्वजनिक-निजी साझेदारीमा बनाउनको लागि प्रस्ताव आह्वान गरेको छ। कम्पनीले आयोजना निर्माणको लागि स्वपूंजीको कम्तिमा ५१ प्रतिशत सरकारी निकाय र ४९  प्रतिशत निजी प्रवर्द्धक / पब्लिक कम्पनीहरुको लगानी रहने गरी साझेदारीको लागि प्रस्ताव आह्वान गरेको हो ।

यस साझेदारीको लागि इच्छुक रहेका कम्पनी वा प्रचलित कानून बमोजिम स्थापना भएको सरकारी/अर्धसरकारी/निजी प्रवर्द्धक / पब्लिक कम्पनीलाई १५ दिनभित्र आशयपत्र प्रस्ताब पेश गर्न भनिएको छ।

बझाङ्ग – बनलेक दोदोधारा ४०० के.भी. विद्युत प्रसारण लाइन आयोजना (पश्चिम सेती कोरिडोर ) र  ४००/१३२ के.भी. का २ ओटा GIS सबस्टेशन: चैनपुर सबस्टेशन र बनलेक सबस्टेशन यस आयोजना अन्तर्गत पदर्छ ।  चैनपुर सबस्टेशनको क्षमता १६० एमभीए र बनलेक सबस्टेशनको क्षमता ३१५ एमभीए हुने छ ।  आयोजनाको अनुमानित लागत २० अर्ब रहेको छ।

प्रसारणलाइन सुदूरपश्चिम प्रदेश, बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका-१, हम्मरसेनको चैनपुर सबस्टेशन हुदै डोटी जिल्ला, शिखर नगरपालिका- १०, स्थित बनलेक सबस्टेशन हुदै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका-३ को दोदोधारा सबस्टेशन सम्म रहने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img