सानिमा मिडल तमोर हाइड्रोले ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना निर्माणको लागि ६ प्रतिशत शेयर लगानी गर्ने भएको छ। विद्युत विकास विभागले बुट मोडलमा सो आयोजना निर्माणको लागि प्रस्ताव आह्वान गर्दा सानिमा मिडल तमोर हाइड्रो र भ्योमा हाइड्रोपावर प्रालिको संयुक्त उपक्रम जेभी छनौट भएको थियो ।
त्यस संगै उक्त ४७ मेगावाटको दुधकोशी ४ जलविद्युत आयोजना विकास, निर्माण तथा संचालनको लागि विशेष उदेश्य कम्पनी स्थापना हुने छ । सो विशेष कम्पनीमा सानिमा मिडल तमोर हाइड्रो र भ्योमा हाइड्रोपावर प्रालिको लगानी रहने छ ।
जसमा सो विशेष कम्पनीमा सानिमा मिडल तमोर हाइड्रोले ६ प्रतिशत शेयर लगानी गर्ने भएको हो ।









