Wednesday, July 8, 2026
spot_img

सुश्मित इनर्जीले १२.५ मेगावाट म्याग्दी खोला बी जलविद्युत आयोजना बनाउन पायो लाईसेन्स

spot_img

सुश्मित इनर्जी प्रालिले १२.५ मेगावाट क्षमताको म्याग्दी खोला बी जलविद्युत आयोजना निर्माण गर्न विद्युत विकास विभागबाट लाईसेन्स पाएको छ। विद्युत विकास विभागले भदौ ८ गते कम्पनीलाई कन्स्ट्रक्सन लाईसेन्स अर्थात् आयोजना निर्माण अनुमति दिएको हो ।

यस संगै अब आयोजनाको वित्तीय व्यवस्थापन र निर्माणमा जाने बाटो खुलेको छ।  आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन उर्जा मन्त्रालयबाट २०८० असार मै स्वीकृत भएको थियो।

यस आयोजनाको सम्पूर्ण संरचनाहरु म्याग्दीको  धवलागिरी गाउँपालिकामा म्याग्दी खोलाको दायाँ किनारमा रहनेछन् । प्रस्तावित म्याग्दी खोला बी जलविद्युत आयोजनाको लागि म्याग्दी खोला जलविद्युत आयोजना ( ५७.३ मे.वा.) को टेलरेसबाट आएको पानीलाई म्याग्दी खोलामा बग्न नदिई एपरोच कल्भर्टद्वारा २४ मि. लम्बाई ८ मि. चौडाई र ६.२५ मि. उचाई भएको हेडपोण्डमा पानी सङ्कलन गरिनेछ । उक्त सङ्कलित पानीलाई १३५९.६५ मि. लम्बाई र २.५ मि. व्यास भएको हेडरेस पाइप र ४४५ मि. हेडरेस सुरुङ्ग मार्फत २८.४ मि. गहिराई भएको सर्ज ट्यांकमा लगिनेछ र तत्पश्चात पानीलाई २०४ मि. लम्बाई भएको पेनस्टक पाइप मार्फत ३५.३० मि. लम्बाई, १९ मि. चौडाई र १६.६० मि. उचाई भएको सतही विद्युतगृहमा पुऱ्याइनेछ ।

विद्युत गृहमा जडित २ वटा Horizontal Axis Francis Turbine र २ वटा Generator मार्फत १२.५ मेगावाट विद्युत उत्पादन गरिनेछ । त्यहाँबाट निस्केको पानीलाई ५० मि. लम्बाई भएको Tailrace मार्फत पुनः म्याग्दी खोलामा छाड्ने प्रबन्ध मिलाइनेछ । Tailrace level १७१८.०० मी. masl कायम गरिनेछ । विद्युत गृह नजिकै Switchyard निर्माण गरिनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत २ कि.मि. लामो प्रसारण लाईन मार्फत म्याग्दी खोला जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।

आयोजनाको बाँध स्थल भन्दा तल तथा विद्युत गृह भन्दा माथिको खण्डमा पाइने जिवजन्तु, जलचर तथा बोट बिरुवाहरुको लागि आवश्यक पर्ने न्यूनतम पानी नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृत भएको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन ( Initial Environmental Examination) प्रतिवेदनमा उल्लेख गरिए बमोजिम अविच्छिन्न रुपमा तल्लो तटीय क्षेत्रमा छाड्न सुस्मित इनर्जी प्रा.लिले प्रस्ताव गरेको छ । यो आयोजना वि.सं. २०८५ वैशाख अप्रिल २०२८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाबाट वार्षिक सरदार ७३.३० गिगावाट घण्टा विद्युत उत्पादन हुने छ ।

सुश्मित इनर्जी प्रालिको अध्यक्ष सुशील पोखरेल हुन् । कम्पनीको अन्य संचालकमा भवानी देवकोटा, सुवाष बराल , विनोद ढकाल र यदव पोखरेल छन्।

५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजना पनि यहि कम्पनीले नै निर्माण गरिरहेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img