Wednesday, July 8, 2026
spot_img

सानिभेरी जलविद्युत आयोजनालाई जुट्यो लगानी, सिटिजन्सको अगुवाईमा ७ अर्बको ऋण सम्झौता

spot_img

४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजनालाई लगानी जुटेको छ। आयोजनामा सिटिजन्स बैँकको अगुवाईमा नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, सिद्धार्थ बैंक, र सानिमा बैँकले गरि कुल रु. ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने गर्ने भएका हुन् ।

आज भाद्र १६ गते दिनप्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा. लि एवं लगानीकर्ता बैँकहरु बिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो। उक्त परियोजना लुम्बीनी प्रदेश, रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करीब रु. ९ अर्ब ६० करोडमध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ७ अर्ब २० करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक इन्टरनेसनल लि.बाट रु. २ अर्ब ५० करोड, नबिल बैंक लि.बाट रु. १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि. बाट १ अर्ब २० करोड, सिदार्थ बैंक लि. रु. १ अर्ब र सानिमा बैँक लि. बाट रु. १ अर्ब लगानी हुनेछ भने २५% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बाफिकोट स्थित सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ९८.७२७ गिगावाट घन्टा र बर्षायाममा १८२.११३ गिगावाट गरी बार्षिक २८१.११३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकललगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्पmत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्रउर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए ।

हाल सम्म निर्माण सम्पन्न भएका १६६.४०१ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,०३४.६२७ मेगावाट क्षमताका २४ वटा जलविद्युत आयोजना सहित जम्मा १,२०१.०२८ मेगावाट क्षमताका ३५ वटा जलविद्युत आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । सिटिजन्स् बैंकले हाल सम्म १४ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १४ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।

प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रा. लि का तर्फबाट अध्यक्ष अंगिस घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युतप्राधिकरण, विद्युतविकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरुगरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img