Wednesday, July 8, 2026
spot_img

अपर स्याङ्गे हाइड्रोले हकप्रद निष्काशन गर्ने, साधारणसभा आह्वान

spot_img

अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले आगामी साधारणसभामा हकप्रद निष्काशनको विशेष प्रस्ताव लैजाने भएको छ। कम्पनीले असोज ९ गते साधारणसभा बोलाएको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

१. संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०८१/०८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सम्बन्धी छलफल गरी स्वीकृत गर्ने ।

३. लेखा परिक्षण समितिको सिफारिस बमोजिम आ.व. २०८२/०८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको परिश्रमिक निर्धारण गर्ने ।

४. संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको लागि निर्वाचन गर्ने सम्बन्धमा

 विशेष प्रस्तावहरू
१. कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजीमा बृद्धि गरी, सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा ।

२. कम्पनीको चुक्ता पूँजीको १:१ (एक शेयर बराबर एक शेयर) अनुपातमा हकप्रद शेयर जारी गर्ने।

३. हकप्रद शेयर निष्काशानबाट प्राप्त हुने रकमको उपयोग गर्ने बारे ।

४. आ.व. २०८१/०८२ मा विभिन्न संस्था तथा ब्यक्तिहरुलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्ने ।

५. प्रबन्धपत्र र नियमवली समसामयीक संशोधन / थप गर्ने ।

६. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतीको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्ने निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालकलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

७. कम्पनी गाभ्ने सम्बन्धमा ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

‘पुँजीबजार विकास मार्गचित्र’ ल्याउँदै धितोपत्र बोर्ड, धमाधम सुझाव सङ्कलन गर्दै अध्यक्ष भट्ट

नेपाल धितोपत्र बोर्डले यथाशीघ्र पुँजीबजार विकास मार्ग चित्र (Capital...

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर अवार्ड’ प्राप्त प्रोटोन ई.एमएएस—५ अब नेपालमा

नेपालको विद्युतीय सवारी बजारमा नयाँ विकल्पका रूपमा विश्वस्तरीय पुरस्कार...

सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ईभीमा लोन टू भ्यालू रेसियो सहजीकरण गर्ने राष्ट्र बैंकको घोषणा

नेपाल राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा विद्युतीय सवारी साधनको...

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति...

आगामी आर्थिक वर्ष निजी क्षेत्रतर्फ ११ प्रतिशतले कर्जा विस्तार हुने प्रक्षेपण

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा ११ प्रतिशत कर्जा...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकले बर्दिया जिल्लाको बाँसगढी नगरपालिका ५ मा अवस्थित...
spot_img