दिब्य ज्योति हाइड्रोपावर प्रा. लि.ले लमजुङमा निर्माण गर्ने ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अद्यन्त इन्जिनियरिङ प्रा. लि. ले तयार पार्ने भएको छ। आज दिब्य ज्योति र अद्यन्तबीच यस सम्बन्धि सम्झौता भएको हो।
सम्झौता अनुसार यस जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र विस्तृत इन्जिनियरिङ डिजाइन अद्यन्तले तयार पार्ने छ।
अपि पावर लिमिटेडले गत साता मात्र दिव्य ज्योति हाइड्रोपावर प्राईभेट लिमिटेड कम्पनी प्राप्ति गरेको हो। अपि पावरको साउन २७ गते बसेको संचालक समितिको बैठकले सो कम्पनी र सो कम्पनीले प्रवर्द्धन गरिरहेको ५० मेगावाट क्षमताको मर्स्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने निर्णय गरेको थियो।
दिब्य ज्योतिमा विद्यमान शेयरधनीहरुको सम्पूर्ण शेयर अपि पावर कम्पनी लिमिटेडले खरिद गरी कम्पनी व्यवस्थापन पूर्ण रुपमा अपि पावर कम्पनी लिमिटेडको स्वामित्वमा रहने छ ।










I am interested to do job.
लमजुङ्ग कुन ठाउ रएछ ड्याम र power house ?