Tuesday, August 18, 2026
spot_img

सैदी पावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

spot_img

सैदी पावर कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि कुमारी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ।

यससम्बन्धी सम्झौतापत्रमा सैदी पावरका सञ्चालक समिति अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । यो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन हुनेछ ।

कम्पनीले कास्कीमा रहेको सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरी २०७९ देखि व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति हेम्जा बाँस्कोट सबस्टेसनमा जडान गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

महासंघ अध्यक्ष श्रेष्ठ र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकबीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

राष्ट्रिय गौरवका सिँचाइ आयोजना ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

नेपाल एसबिआई बैंकको सीएसआर कार्यक्रम: सुरक्षा, स्वास्थ्य तथा शिक्षामा सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...
spot_img