सैदी पावर कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि कुमारी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ।
यससम्बन्धी सम्झौतापत्रमा सैदी पावरका सञ्चालक समिति अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । यो सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन हुनेछ ।
कम्पनीले कास्कीमा रहेको सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरी २०७९ देखि व्यावसायिक विद्युत् उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति हेम्जा बाँस्कोट सबस्टेसनमा जडान गरिएको छ ।