बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको लागि ४ जनाको आवेदन स्वीकृत भएको छ। कम्पनीले गठन गरेको सीइओ छनौट समितिले असार २४ गते सीइओ नियुक्तिको लागि दरखास्त आह्वान गरेको थियो ।
जसमा छनौट समितिले ४ जनाको आवेदन स्वीकृत गरेको हो। जसमा धनकुटाका राजु श्रेष्ठ, दाङका अरुण रजौरिया, तनहुँका पवन अधिकारी र गोरखाका कृष्ण सिंह बस्नेत छन् ।
आवेदन दिएका मध्ये राजु श्रेष्ठ मेकानिकल इन्जिनियर हुन् । २७ वर्षदेखि जलविद्युत क्षेत्रमा आवद्द उनले नेपाल तथा विदेशका विभिन्न जलविद्युत आयोजनामा एक्सपर्टको रुपमा काम गरेका छन् ।
अरुण रजौरिया हाल एचआईडिसिएलको डेपुटी सीइओ छन् । उनी ९ वर्ष देखि एचआईडिसिएलमा आवद्द छन्। उनी एचआईडिसिएलको सीइओको दौडमा पनि थिए ।
पवन अधिकारी हाल नेपाल सरकारको भेरी बबई डाइभर्जन आयोजनामा सिनियर डिभिजनल इन्जिनियरको रुपमा कार्यरत छन् ।
कृष्ण सिंह बस्नेत इन्जिनियर हुन् । उनी सडक बोर्ड नेपालको कार्यकारी निर्देशक रहिसकेका छन् । उनले विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संस्थामा कन्सल्ट्यांन्ट भएर काम गरिसकेका छन् ।
अब यी ४ जना मध्ये कम्पनीले एक जनालाई सीइओ नियुक्त गर्ने छ । सीइओको कार्यकाल ४ वर्षको हुने छ । यो गोरखा र धादिङमा पर्ने गरि प्रस्ताव गरिएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि गठन गरिएको कम्पनी हो ।









