Sunday, May 10, 2026
spot_img

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र नियमित रूपमा महशुल बुझाउने ग्राहकलाई सम्मान गर्नुका साथै विशेष सुविधा समेत प्रदान गर्न थालेको छ । प्राधिकरणले उपभोक्ता सँगको हार्दिकतापूर्ण सम्बन्धलाई थप उचाइ दिन र हरित उर्जाको खपत बढाउन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा यस्तो रणनीति लागू गर्न थालेको हो ।

उपभोक्ता प्रोत्साहनको सुरुवात बिहीबार कोशी प्रादेशिक कार्यालयबाट गरिएको छ । कार्यालयबाट भइरहेको सेवा प्रणालीगत सुधार निरीक्षण गर्न, त्यस सम्बन्धि आवश्यक निर्देशन दिन कोशी प्रदेश पुगेका कार्यकारी निर्देशक शाक्यले गत वर्षभर सर्वाधिक बिजुली प्रयोग गर्ने तथा नियमित महशुल तिर्ने १० जना उपभोक्तालाई सम्मान गरेका हुन् ।

सम्मानित भएपछि नियमित महशुल बुझाइरहेका सर्वाधिक उर्जा खपतकर्ता उद्योग ब्यवसायीहरुले यसबाट प्राधिकरण र उद्योगीबीचको सम्बन्ध सुमधुर हुन गएको प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक शाक्यले प्राधिकरणले आफ्नो सेवा विस्तारको पहिलो कडीका रूपमा प्रोत्साहन कार्य अघि बढाएको बताएका छन् । उद्योगी व्यवसायी देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै उनले उर्जा संचार गरिररहेको प्राधिकरण र खपतकर्ता उद्योगीबीच सौहार्दपूण, विश्वसनीय र निकट सम्बन्ध हुनुपर्नेमा समेत जोड दिए ।

‘उद्योग फस्टाए उर्जाको माग बढ्छ, प्राधिकरण फस्टाउँदा उद्योगले गुणस्तरीय, निरन्तर र भरपर्दो सेवा प्राप्त गर्न सक्छन्’ शाक्यले भने, ‘दूबै क्षेत्रको विकासबाट देशको विकासमा ठुलो टेवा पुग्छ ।’

सम्म्मनितका तर्फबाट बोल्दै उद्योगीको छाता संगठन नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारदाले पहिलो पटक उद्योगी व्यवसायीलाई सम्मान गरेर प्राधिकरणले आफूहरूलाई गौरवान्वित बनाउनुका साथै हौसला समेत बढाएको बताएका छन् । निजी क्षेत्र नाफामुखी मात्रै नभइ रोगजारी सृजना गर्ने निकाय भएको बताउँदै उनले यसले कुल गार्हस्थ उत्पादनसहित समग्र देशको अर्थिक उत्थानमा पुर्याएको योगदानलाई हरेक निकायले सम्मान गर्नुपर्ने बताए ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले कार्यकारी निर्देशक शाक्यको ग्राहकसँग सुमधुर सम्बन्ध बनाउने एजेन्डा अन्तर्गत पहिलो कदमका रूपमा कोशी प्रदेशबाट ग्राहक सम्मान कार्यक्रम थालिएको बताए । ‘अब केन्द्रीय स्तरमा पनि यस्तै सम्मान गरिनेछ र त्यस्ता ग्राहकलाई निश्चित सुविधा समेत दिने छौँ’ उनले भने ।

प्राधिकरण अन्तर्गत कोशी प्रदेशको गर्जु र केरल १३२ के.भी. सबस्टेशन संचालनम्मा आएपछि कोशीको विद्दुत आपूर्तिमा उल्लेख्य सुधार आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img