प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन्। ओलीले परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा सार्न निर्देशन दिएका हुन् ।
परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यस क्रममा प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेकोले अहिलेलाई परीक्षाको मिति सार्न निर्देशन दिएको बताईएको छ।
राष्ट्रिय परीक्षा बोर्डको आज मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको थियो । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउन बालुवाटार पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई ओलीले परीक्षा सार्न निर्देशन दिएका हुन् । यस संगै बोर्डले अर्को निर्णय नभएसम्मको लागि परीक्षा स्थगित गरिएको सूचना जारी गर्दै छ।
शिक्षकहरुको आन्दोलन जारी रहेको र हिजो सोमबार मात्र शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका व्यक्त भईरहेका थिए ।