सरकारले नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी जनकराज कालाखेतीलाई दिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले विभागीय मन्त्री (पर्यटन तथा नागरिक उड्डयन मन्त्री)को रुपमा निर्णय गर्दै उपमहाप्रबन्धक कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी तोकेकी हुन् ।
निगमका कार्यकारी अध्यक्षबाट युवराज अधिकारी अवकाश भएपछि निगम कार्यकारी बिहिन थियो । पर्यटन मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त गर्ने र नियुक्त नभएसम्मका लागि निगमकै उपमहाप्रबन्धक जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो ।











