Wednesday, June 10, 2026
spot_img

आईपीओको तयारीमा रहेको प्रभु हेलिकप्टर १०औँ वर्षमा प्रवेश

spot_img
spot_img

प्रभु हेलिकप्टर कम्पनी स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले एक दशकको यात्रामा साथ र सहयोग प्रदान गर्ने सबैमा आभार व्यक्त गर्दै भविष्यमा पनि अझै गुणस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

१० वर्ष अघि तत्कालीन मुक्तिनाथ हेलिकप्टरका नामबाट सञ्चालित कम्पनीलाई प्रभु ग्रुपले २०७२ सालमा किनेको थियो । एक थान ‘रोबिन्सन’ हेलिकप्टरबाट व्यावसायिक यात्रा सुरु गरेको प्रभुसँग अहिले दुई थान ‘एयरबस एच१२५’ हेलिकप्टर छन् ।

कम्पनीले हाल पोखरा, काठमाडौं र लाङटाङ क्षेत्रमा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले मुक्तिनाथ, गोसाइँकुण्ड, कालीञ्चोक भगवती र लुम्बिनीमा पनि हेलिकप्टर टुर उपलब्ध गराउँदै आएको छ ।

सगरमाथा, अन्नपूर्ण र माछापुच्छ«े हिमालको आधार शिविरमा पनि हवाई उडान गर्नुका साथै उद्धार लगायत सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

सुरुमा कम्पनी ऐन २०६३ अन्तर्गत एक निजी लिमिटेड कम्पनीका रूपमा समावेश गरिएको प्रभु हेलिकोप्टर प्रा.लि. २०७९ असार ३० गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो । कम्पनीसँग पोखरामा आफ्नै ह्यांगर समेत छ ।

प्रभु हेलिकप्टर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी पनि अघि बढाइसकेको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एमसीसी अन्तर्गत दुई नयाँ सबस्टेशन र २९७ किलोमिटर प्रसारणलाइन निर्माण सुरु

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज...

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...
spot_img