Thursday, April 23, 2026
spot_img
spot_img

नेपाल आएको १ हप्ता मै बिक्यो ७ करोड पर्ने BMW X7 xDrive 40i गाडी

spot_img
spot_img

नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ । कम्पनीका अनुसार, यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो।

कम्पनीका अनुसार अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो । यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार BMW X7 xDrive 40i को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको कम्पनीले उल्लेख गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौँको एभरेष्ट हस्पिटलमा उपचार गराउँदा...

सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

महासंघले मध्यमार्गी बाटोबाट टुङ्ग्यायो सदस्यता विवाद

नेपाल उद्योग वाणिज्य महासंघमा चर्किएको १८ वटा वस्तुगत सदस्यहरुको...

राष्ट्रपतिद्वारा संसदको दुवै सदनको अधिवेशन आह्वान

राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान...
spot_img