Tuesday, July 28, 2026
spot_img

एथरद्वारा एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम

spot_img

वैद्य इनर्जी प्रा. लि. द्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा ATHER विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा उल्लेखनीय कीर्तिमान कायम गरेको छ।

यस विशेष मेगा डेलिभरी कार्यक्रमले नेपाली ग्राहकहरूबीच ATHER ब्रान्डप्रति बढ्दो विश्वास, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा दिगो यातायात समाधानप्रतिको आकर्षणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ। देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै नेपालको विद्युतीय सवारीसाधनतर्फको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएको कम्पनीले उल्लेख गरेको छ।

कार्यक्रमका अवसरमा वैद्य इनर्जी प्रा. लि.का प्रतिनिधिहरूले ATHER प्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै नेपालमा स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणालीको विकासमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए।
एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपाललाई देशको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्रान्डको रूपमा अझ सशक्त बनाएको कम्पनीले उल्लेख गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img