प्रधानमन्त्रीसँग रिकण्डिशन व्यवसायीको भेट, निर्धक्क भएर व्यवसाय गर्न ओलीको आग्रह

spot_img
spot_img

नेपाल रिकण्डिशन अटो व्यवसायी संघले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर रिकण्डिशन अटो व्यवसायका समस्या राखेको छ । संघका अध्यक्ष रमेश कोइरालाको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको रिकण्डिशन अटो व्यवसायी संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष रिकण्डिशन अटो व्यवसायले भोगिरहेका समस्या र समाधानका उपाय राखेको हो ।

संघका अध्यक्ष कोइरालाका अनुसार प्रधानमन्त्री ओलीले सबै खालका व्यवसायले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै निर्धक्क भएर व्यवसाय गर्न आग्रह गरेका छन् । उनले देशमा लगानीमैत्री वातावरण बनाउनु वर्तमान सरकारको मुख्य उदेश्य रहेको दोहोर्याउँदै यसका लागि नीतिगत सुधार र सहजीकरण गर्दै आफू नेतृत्वको सरकार अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

रिकण्डिशन अटो व्यवसायी संघले देशले आर्थिक र सामाजिक विकासका लागि प्रधानमन्त्रीबाट कुशल नेतृत्व र मार्गदर्शन प्राप्त हुने विश्वास लिएको छ । संघले प्रधानमन्त्री ओलीलाई बधाई दिँदै सफल तथा अविष्मरणीय कार्यकालको कामना गरेको छ ।

प्रधानमन्त्रीलाई भेट्न गएको अटो व्यवसायी संघको टोलीमा अध्यक्ष कोइरालासहित बरिष्ठ उपाध्यक्ष राजकुमार देवकोटा, उपाध्यक्ष प्रविन लामिछाने, माहासचिव कुमार बोगटी, सचिव डुक्पा घले, कोषाध्यक्ष प्रदीप राना मगर, सल्लाहकार शैलेन्द्रप्रसाद श्रेष्ठ तथा सदस्यहरु राजेन्द्रमान श्रेष्ठ, मुक्तिनाथ न्यौपाने (शन्तोष), अशोक धिताल, टोक बहादुर पौडेल (अर्जुन), व्यावसायी सदस्य नवीन थापा पनि सहभागी थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेको बेन्चमार्क इन्डेक्सको रुपमा NBI विकास गरिँदै, एक वर्षभित्रै दुई इन्डेक्सको गणना सँगै

नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारको नयाँ आधारभूत सूचकांक (Benchmark...

८ वर्षमा चार वटा हिमतालको सतह घटाउने तयारी, साढे ७ अर्ब भन्दा धेरै खर्च हुने

सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुइटा श्वेतपत्र...

असोजमा ५ अर्ब ९२ करोडको बिजुली भारतमा बिक्री, थप ३१ मेगावाट निर्यातको अनुमति

नेपाल विद्युत प्राधिकरणले असोज महिनामा ५ अर्ब ९२ करोड...

दशैँ लगत्तै सुनको भाउमा भारी गिरावट

दशैँ बिदाको अवधि पश्चात आज आइतबार सुनको भाउ तोकिएको...

बिहिबारदेखि ३ दिन भारी वर्षाको सम्भावना, २९ जिल्ला प्रभावित हुने

बिहिबारदेखि ३ दिनसम्म नेपालका विभिन्न स्थानमा वर्षाको सम्भावना देखिएको...

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले मिति कार्तिक ९ गतेदेखि सुरु हुने...