Saturday, July 11, 2026
spot_img

प्रधानमन्त्रीसँग रिकण्डिशन व्यवसायीको भेट, निर्धक्क भएर व्यवसाय गर्न ओलीको आग्रह

spot_img

नेपाल रिकण्डिशन अटो व्यवसायी संघले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर रिकण्डिशन अटो व्यवसायका समस्या राखेको छ । संघका अध्यक्ष रमेश कोइरालाको नेतृत्वमा प्रधानमन्त्रीलाई भेट्न गएको रिकण्डिशन अटो व्यवसायी संघको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष रिकण्डिशन अटो व्यवसायले भोगिरहेका समस्या र समाधानका उपाय राखेको हो ।

संघका अध्यक्ष कोइरालाका अनुसार प्रधानमन्त्री ओलीले सबै खालका व्यवसायले भोगिरहेका समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै निर्धक्क भएर व्यवसाय गर्न आग्रह गरेका छन् । उनले देशमा लगानीमैत्री वातावरण बनाउनु वर्तमान सरकारको मुख्य उदेश्य रहेको दोहोर्याउँदै यसका लागि नीतिगत सुधार र सहजीकरण गर्दै आफू नेतृत्वको सरकार अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

रिकण्डिशन अटो व्यवसायी संघले देशले आर्थिक र सामाजिक विकासका लागि प्रधानमन्त्रीबाट कुशल नेतृत्व र मार्गदर्शन प्राप्त हुने विश्वास लिएको छ । संघले प्रधानमन्त्री ओलीलाई बधाई दिँदै सफल तथा अविष्मरणीय कार्यकालको कामना गरेको छ ।

प्रधानमन्त्रीलाई भेट्न गएको अटो व्यवसायी संघको टोलीमा अध्यक्ष कोइरालासहित बरिष्ठ उपाध्यक्ष राजकुमार देवकोटा, उपाध्यक्ष प्रविन लामिछाने, माहासचिव कुमार बोगटी, सचिव डुक्पा घले, कोषाध्यक्ष प्रदीप राना मगर, सल्लाहकार शैलेन्द्रप्रसाद श्रेष्ठ तथा सदस्यहरु राजेन्द्रमान श्रेष्ठ, मुक्तिनाथ न्यौपाने (शन्तोष), अशोक धिताल, टोक बहादुर पौडेल (अर्जुन), व्यावसायी सदस्य नवीन थापा पनि सहभागी थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img