सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेट अनुसार विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क बढाएका हुन् ।
पहिले ५० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ । अन्तःशुल्कमा पहिले नै छुट थियो । अहिले यसलाई ५ प्रतिशले बढाइएको छ । यस अनुसार यो सेगमेन्टका गाडीमा समग्रमा १० प्रतिशत कर बढाइएको छ ।
स्तै ५१ देखि १०० किलोवाटसम्मको गाडीमा १५ प्रतिशत लाग्ने भन्सार शुल्कलाई १५ प्रतिशतबाट २० प्रतिशतसम्म पुर्याइएको छ भने अन्तःशुल्कलाई पनि १० बाट १५ प्रतिशत पु¥याइएको छ । यस अनुसार यी गाडीमा समग्रमा १० प्रतिशत नै कर बढेको छ ।
२०१ देखि ३०० किलोवाट मोटर क्षमता भएकोमा ४० प्रतिशत रहेको भन्सार दर ६० प्रतिशत बनाइएको छ । त्यसैगरी अन्तःशुल्क पहिले ४५ प्रतिशत भएकोमा ३५ प्रतिशत गराइएको छ । यसमा पनि समग्रमा १० प्रतिशत नै बढेको छ ।