Saturday, July 4, 2026
spot_img

गाडीमा आगो लागिहाले ३ देखि १० सेकेन्डभित्रै निभाउने ‘अटोमेकिट एक्सटिनगुजर’ नेपालमा

spot_img

गुडिरहेको गाडीमा अचानक आगो लाग्न सक्ने जोखिमलाई ध्यान दिँदै तैयब अटो वर्कशपले तत्काल आगो निभाउने उपकरण नेपाल भित्र्याएको छ । कम्पनीले भारतीय बजारमा लोकप्रीय बनिरहेको ‘अटो फायर एक्सटिनगुजर (एएफई) नेपाल ल्याएको हो ।

भारतीय उत्पादक ब्राण्डस्ड्याडीको उत्पादनलाई ईभी र आईस इन्जिनवाला गाडीमा सजिलै फिट गर्न सकिन्छ । एउटा गाडीमा जम्मा ४ वटा एएफई जडान गर्नुपर्छ । यसरी जडान गरिएका एक्सटिनगुजरहरु गाडीमा आगो लागेको खण्डमा तत्कालै आफैँ खुल्छन् र आगो निभाउन मद्दत गर्छन् ।

‘गाडीमा आगो लाग्न थालेको ३ सेकेण्ड भित्रमा एक्सटिनगुजर अटोमेकिट रुपमा आफैँ खुल्छन् र आगो निभ्छ’ तैयब अटो वर्कशपका सञ्चालकले भने, ‘१० सकेन्डभित्रै आगो निभ्ने यो प्रोडक्ट इन्डियामा अहिले धेरै चलिरहेको छ । नेपालमा पनि गाडीमा हुन सक्ने आगलागीको घटनालाई मध्यनजर गरेर हामीले भित्र्याएका छौँ ।’

अहिले नेपाली बजारमा यसको मूल्य सरदर एक पिसको ५ हजार रुपैयाँ पर्न सक्ने देखिएको छ । नेपाली बजारमा आयात, भन्सार शुल्क र अन्य महशुलहरु जोडेर कम्पनीले बिक्री मूल्य तय गर्नेछ ।

एउटा गाडीमा अगाडि र पछाडी गरी ४ वटा एक्सटिनगुजर जडान गर्दा त्यसले सम्भावित जोखिमबाट बचाउने कम्पनीको भनाइ छ । ‘लाखौँको गाडीमा केही हजारमा पाउने यो प्रोडक्ट जडान गर्दा यात्राका क्रममा आगलागीको जोखिम रहँदैन’ तैयब अटोका सञ्चालक थप्छन्, ‘ईभी गाडीमा अहिले हामीले प्राथमिकता दिँदैछौँ । तर, आइस गाडीहरुसहित रेसिडेन्स र कमर्सियल भवनहरुमा पनि यो प्रोडक्ट जडान गर्न सकिन्छ ।’

अटो फायर एक्सटिनगुजरको उत्पादक ब्राण्डस्ड्याडी नामक कम्पनी चर्चित टेलिभिजन शो ‘सार्क ट्याङ्क इन्डिया’मा समेत सहभागी थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...

बालेन सरकारले सय दिनमा के के गर्‍यो ? (पूर्णपाठ)

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार...

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ

नेपाल खाद्य किराना व्यवसायी संघको अध्यक्षमा देवेन्द्र भक्त श्रेष्ठ...

उद्योगपति गोल्यानको आह्वानः बाँझो जग्गामा अम्बा खेती गर्नुहोस्, हामी किनिदिन्छौँ

उद्योगपति पवन गोल्यानले किसान र सर्वसाधारणलाई आफ्नो बाँझो जमिनमा...

एनवाईइएफ काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव श्रेष्ठ

नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) काठमाडौँ च्याप्टरको अध्यक्षमा अनुभव...

मौद्रिक नीतिमा महासंघको सुझावः व्यवसायीले पनि विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरियोस्

नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका...
spot_img